२४ भदौ, काठमाडौं । श्रीलंकामा जारी १९ वर्ष मुनीको एसिया कप क्रिकेटमा सहभागी भएर नेपाली युवा टोली भोली स्वदेश फर्कने भएको छ ।

टोली भोली विहान सवा ९ बजे एयर इण्डियाको विमानबाट काठमाडौं आइपुग्ने नेपाली राष्ट्रिय क्रिकेट टिमका म्यानेजर रमन शिवाकोटीले जानकारी दिए । नेपालले आज युएइविरुद्ध १ सय ६० रनको सान्त्वना जित दर्ता गराएको थियो । सुरुका दुई खेलमा श्रीलंका र बंगलादेशविरुद्ध पराजय भोगेकाले युएइसँग जितेपनि प्रतियोगितामा अघि बढ्न नसकेको हो ।