२४ भदौ, एजेन्सी । भारतको कर्नाटकस्थित बेलगावी जिल्लामा एक २१ वर्षीय युवकले आफ्नै बुवाको घाँटी काटेर हत्या गरेका छन् । पबजी खेल्न रोकेपछि युवकले बुवाको हत्या गरेको बीबीसीले जनाएको छ ।

रघुबीर कुम्भर नामक युवकलाई पबजी खेल्ने बानी परिसकेको थियो । खेलको असरको उनको पढाईमा पनि परेको थियो । स्थानीय प्रहरीका अनुसार युवकले पबजी खेल्नको लागि रिचार्ज गर्न भन्दै बुवासँग पैसा मागेका थिए । त्यही विषयमा उनीहरुबीच झगडा भएको थियो ।

झगडाको बेला छोराले आफ्नो आमाको कोठाबाट बाहिर जान भनी बुवालाई भनेको समाचारमा उल्लेख छ । शुरुमा युवकले बुवाको गोडा काटेका थिए भने पछि टाउको र जिउ छुट्याइदिएका थिए ।

मृतकको नाम शेखरीप्पा रेवप्पा कुम्भर बताइएको छ । घटनापछि युवक चिच्याउँदै बाहिर गएका थिए । छिमेकीले प्रहरीलाई खबर गरेपछि प्रहरीले रघुबीरलाई पक्राउ गरेको हो ।