१२ पुस, काठमाडौ।
नेपाल, भारत र चीनका सम्वन्ध बारेमा चिनियाँ मिडिया ग्लोबल टाइम्सले अर्थपूर्ण लेख छापेको छ। चाइना एकेडेमी अफ सोसियल साइन्सका सिनियर फेलो शु लिपिङले लेखेको लेखमा भारतले नेपाललाई सधै करेसाबारी सम्झनु र नेपाल र चीन सम्वन्धलाई दबाबमा पार्न संभव नभएको र वस्तुगत समेत नभएको उल्लेख छ ।nepalchinan-india

लिपिङले नेपाल र चीन सरकारले आधिकारिक रुपमा पुष्टी नगर्दै भारतीयी मिडियाले नेपाल र चीनबीच हुन संयुक्त अभ्यास हुन लागेको र यो असामन्य भएको भन्दै प्रचार गरेको र भारतीय मिडियाको यो प्रचार नेपालमाथि दबाब बढाउन भएको दाबी गरेका छन्।

लिपिङ थप लेख्छन्-भारत अन्य दक्षिण एसियाली देशलाई आफ्नो करेसाबारीका रुपमा हेर्दछ। नेपाल र चीनबीच सम्वन्धमा भारतको चासो रहेको भनेको नेपालमा चिनिया प्रभाव हो, नेपाल निकै महत्वपुर्ण भौगोलिक स्थानमा छ। भारत सोच्दछ-यदि चीन हिमालय पार गरेर नेपालमा दह्रोसंग उभियो भने चीनले दक्षिण एशियाली मुलुकमा प्रभाव बढाउँछ र यसले भारतीय दक्षिण एसियाली रणनीतिमा धक्का पुर्याउँछ। तर नेपाल र चीनको साझेदारी राष्ट्रिय हितलाई सुरक्षित गर्नुका लागि हो, कुनै तेस्रो देश विरुद्द यो लक्षित छैन् । भारतका अधिकारीहरु, मिडिया र विज्ञहरुले दुइ देश (नेपाल र चीन) बीचको सुरक्षा साझेदारीमा यतिधेरै घोत्लिन जरुरी छैन्।

लिपिङले ऐतिहासिक रुपमै नेपाल र भारत आर्थिक, सांस्कृतिक, राजनीतिक र सामरिक हिसावले निकै जोडिएका भए पनि नेपालमा भारतको दबदबा निकै सघन भएको कुरा बेबस्ता गर्न नसकिने पनि लेखेका छन्।

उनले नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास भए यसले दुइ पक्षीय सम्वन्धलाई बलियो पार्ने लेखेका छन्। संयुक्त सैन्य अभ्यासले राजनीतिक विश्वास समेत बढाउने र दुई देशमा साझेदारीमा अभिवृद्दि गर्ने उनको लेखमा उल्लेख छ।

नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास हुने लागेको समाचार पछि आएको यो लेखलाई निकै महत्वपुर्ण मानिएको छ। चिनियाँ सरकार नियन्त्रित सञ्चारमाध्यममा आएको यो टिप्पणीले संयुक्त सैन्य अभ्यासको वकालत गरेको छ भने भारतलाई नेपालमा धेरै चासो र अनावश्यक दबाब नदिने सन्देश दिएको जानकारहरु बताउँछन्।

यो पढ्नुस्।

नेपाल र चीनवीच हुने संयुक्त सैन्य अभ्यासले भारतलाई टेन्सन !

के तपाई निर्वस्त्र नुहाउँनुहुन्छ? एक पटक पढ्नुस्
कार्यकालको अन्तिम क्षणमा के निर्णय गर्न सक्छन् ओबामा?