१ भदौ, काठमाडौं ।

चिनियाँ प्रधानमन्त्री लि खच्याङले नेपाल र चीनबीच सँधै ब्यवहारिक सम्बन्ध रहेको बताएका छन् । नेपाल सरकारको विशेष दुत बनेर चीन पुगेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग बुधबार विहान भएको भेटमा प्रधानमन्त्री खच्याङले यस्तो बताएका हुन् ।

ओली सरकारको निर्णय उल्ट्याउने प्रचण्ड सरकारको निर्णय सर्वोच्चले उल्ट्यायो

महरा र खच्याङबीच भएको भेटपछि बेइजिङस्थित नेपाली दुताबासले जारी गरेको विज्ञप्तिमा विशेष दुत महराले चीनका राष्ट्रपति र प्रधानमन्त्री खच्याङ स्वयंमलाई पनि नेपाल भ्रमणको निम्तो दिएको उल्लेख छ ।

mahara china pm meet

बेइजिङको झोङन्हाइस्थित चिनियाँ प्रधानमन्त्रीको कार्यालयमा भएको भएको उक्त भेटपछि जारी विज्ञप्तिमा चीन नेपालमा सँधै सहकार्य बढाउन उत्सुक रहेको चिनियाँ प्रधानमन्त्रीले बताएको भनिएको छ ।

सरकारलाई सर्वोच्चले भन्यो- राजदुत सिफारिस फिर्ताको निर्णय कार्यन्वयन नगर

mahara china pm meet press release महरासँग परराष्ट्र मन्त्रालयका सहसचिव तथा नर्थइष्ट एसिया डिभिजन प्रमुख झविन्द्र अर्याल र बेइजिङस्थित नेपाली दुताबासका चार्ज डे अफेयर्स हरिशचन्द्र घिमिरे लगायतका अधिकारी रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रचण्डको युनिक निर्णयः लोकप्रिय बनाउन सक्छ