बलिउडकी नायिका बिपाशा बसुले ३० अप्रिलमा करण सिंह ग्रोवरसंग विवाह गरिन। करण टिभीमा चिनिएका नाम हुन। तर बलिउडमा उनि चर्चित छैनन्। उनको दुइ फिल्म ‘अलोन’ र ‘हेट स्टोरी ३’ रिलिज भएका छन्।जसमा एक फ्लप र अर्को हिट भयो। बिपाशा भने बलिउडकी चुनिएकी नायिका हुन।

Bipasha-Karan Marriage Ceremony (5)

चर्चाकै तुलना गर्दा बिपाशा करण भन्दा निकै चर्चित छिन्। बिपाशा मात्र होइन बलिउडमा अन्य कयौं नायिकाले आफु भन्दा कम चर्चित व्यक्तिसंग विवाह गरेका छन्।

ऐश्वर्या राय-अभिशेक बच्चनactresses more popular than husband 94365219सन् १९९४ मा मिस वर्ल्डको ताज आफ्नो नाममा पारेपछि ऐश्चर्या चर्चामा आएकी थिइन। सन् १९९७ मा ‘और प्यार हो गया’ फिल्ममा उनले बलिउडमा कदम राखिन। ‘हम दिल दे चुके सनम’, ‘हमारा दिल आपके पास है’, ‘मोहब्बतें’, ‘देवदास’, ‘धूम २’, ‘गुरु’,’ जोधा अकबर’ जस्ता हिट फिल्म ऐश्वर्याको खातामा छन्। भारत बाहिर पनि ऐश्वर्याका फ्यान निकै छन्।

अभिषेक बच्चनको कुरा भने फरक छ। अभिषेकको पहिचान भने अमिताभ बच्चनको छोराको रुपमा नै हुने गर्छ। ऐश्वर्याको तीन वर्ष पछि ‘रिफ्युजी’ बाट अभिषेकले बलिउडमा इन्ट्रि गरेका थिए र लगातार फ्लप फिल्म दिए। ‘गुरु’, ‘दोस्ताना’, ‘धूम’ सिरिज, ‘सरकार राज’,’ पा’ र ‘बोल बच्चन’ जस्ता केही फिल्म सफल रह्यो। फ्यानको मामलामा पनि अभिषेक ऐश्वर्या भन्दा पछि नै छन्।

पति भन्दा पत्नि बढी उमेरका हुने बलिउड जोडी (फोटो फिचर)

माधुरी दीक्षित – डा श्रीराम नेनेactresses more popular than husband 5548119
माधुरी बलिउडकी एभरग्रीन नायिका मध्येकी एक हुन। उनले ‘तेजाब’, ‘राम लखन’, ‘परिंदा’, ‘दिल’, ‘साजन’, ‘बेटा’, ‘खलनायक’, ‘हम आपके है कौन…!’, ‘दिल तो पागल है’, ‘मृत्युदण्ड’ र ‘देवदास’ जस्ता चर्चित फिल्म खेलेकी छिन। माधुरी र श्रीरामको विवाह सन् १९९९ मा भएको थियो।

माधुरीसंग विवाह गर्नु अघि श्रीरामलाई निकै कमले चिन्दथे। आजपनि उनलाई माधुरीको पति भनेरै चिनिन्छ।

जूही चावला -जय मेहताactresses more popular than husband 102899019सन् १९८४ मा मिस इन्डिया बनेकी जूहिले सन् १९८८ मा ‘कयामत से कयामत तक’बाट बलिउडमा इन्ट्री गरेकी थिइन। फिल्म हिट बन्यो, उनी रातारात स्टार बनिन। उनले ‘स्वर्ग’, ‘बोल राधा बोल’, ‘डर’ र इश्क जस्ता कयौँ हिट फिल्ममा काम गरेकी छिन्।

सन् १९९५ मा जूहीले बिजनेसम्यान जय मेहतासंग विवाह गरिन। कयौं देशमा कारोबार फैलाएका जयलाई जूहीसंग विवाह पश्चात नै धेरैले चिनेका हुन।

जोडी नमिलेका ९ बलिउड सेलिब्रेटी दम्पति (फोटो फिचर)

रवीना टन्डन – अनिल थडानीactresses more popular than husband 65249319अनिल थडानी बिजनेसम्यान र फिल्म वितरक हुन। रवीनासंग सन् २००४ मा विवाह गरेपछि उनलाई धेरैले चिनेका हुन।

सन् २००३ मा फिल्म ‘स्टप्ड’ बनाउदै गर्दा यी दुइले डेटिङ सुरु गरेका थिए। ‘दिलवाले’, ‘मोहरा’, ‘खिलाडियो का खिलाडी’, ‘जिद्दी’, ‘सत्ता’, र ‘शूल’ जस्ता कयौं सफल फिल्ममा रवीनाले अभिनय गरेकी छिन्।

आयशा टाकिया – फरहान आजमीactresses more popular than husband 113450619‘वान्टेड’, ‘क्या लव स्टोरी है’, ‘कैश’ र ‘पाठशाला’ जस्ता फिल्ममा काम गरिसकेकी आयशा टाकियाले सन् २००९ मा फरहान आजमीसंग विवाह गरिन। फरहान एक रेस्टुरेन्ट चलाउँछन्। आयशा र फरहान बालककाल देखिका साथी थिए।

प्रिती जिन्टा – जीन गुडइनफ

actresses more popular than husband 82457319
‘द हिरो’, ‘वीर जारा’, ‘क्या कहाना’, ‘सोल्जर’ र ‘कोई मिल गया’ जस्ता फिल्मबाट बलिउडमा पहिचान बनाएकी प्रितीले सन् २०१६ मा जीन गुडइनफसंग विवाह गरिन्। निकै फ्यान फलोइङ भएकी प्रिती झै उनका पति चर्चित छैनन। जीन फाइनेन्सियल एनालिस्ट हुन।

यो पनि पढ्नुस्।

एकअर्कालाई देख्न सम्म मन नपराउने बलिउडका १० जोडी