२१ भदौ, मनाङ । मनाङमा बोलेरो जिप मर्स्याङ्दी नदीमा खसेको छ । सदरमुकाम चामेबाट यात्रु र समान लिएर मनाङ जाँदै गरेको बोलेरो जिप मर्स्याङ्दी नदीमा खसेको हो ।

Gulmi Jeep Accident
फाइल तस्बिर

चालकसहित पाँचजना सवार ग १ ज ७२४५ नम्बरको बोलेरो जिप मर्स्याङ्दी नदीमा खसेको हो । शनिबार दिउँसो मनाङ ङिस्याङ गाउँपालिका १ भ्राताङको भीरबाट ब्रेकफेल भई खोलामा खसेको जिल्ला प्रहरी कार्यलय मनाङले जनाएको छ ।

गाडीमा १ टन फलामे रड र सिमेन्ट पनि लोड गरिएको बताएको छ । गाडी खोलामा खसेर पूर्ण रूपमा क्षति भएको बताइएको छ । जिपमा सवार सबैजना सकुशल छन् ।