३ चैत,एजेन्सी। पाकिस्तनको पेशावर शहरमा एक बसमा बम विष्फोट हुँदा कम्तिमा १५ जनाको ज्यान गएको छ। समाचार सस्था -युटर्सका अनुसार बसमा सरकारी कर्मचारी कार्यालय तर्फ जाँदै गर्दा विष्फोट भएको हो।

विष्फोटको समयमा बसमा करिब ५० कर्मचारी थिए। -युटर्ससंग कुरा गर्दै एक वरिष्ठ प्रहरी अधिकारीले अहिल्यै  थप जानकारी दिन नसकिने तर विष्फोट बसमै गराइएको पुष्टी गरे।