२३ भदौ, एजेन्सी । भारतीय सेनाले देशको दक्षिणी राज्यमा आतंकवादी वा पाकिस्तानी कमाण्डो घुसेको आशंका गरेको छ । दक्षिणी कमानका कमाण्डिङ अफिसर लेफ्टिनेन्ट जनरल एस के सैनीले आतंकवादी आक्रमणको सूचना आफूहरुलाई मिलेको दाबी गरेका छन् ।

फाइल फाेटाे

गुजरात नजिकै समुन्द्रमा भारत र पाकिस्तानको सीमा क्षेत्रमा केही संकाश्पद डुंगा भेटिएको छ । आतंकवादी डुंगा भेटिएको ठाउँमा केहीबेर रोकिएका थिए कि थिएनन् भन्ने पत्ता लगाउने प्रयास भइरहेको बताइएको छ । केरलाका डीजीपी लोकनाथ बेहराले राज्यका सबै जिल्लामा अलर्ट जारी गरिएको बताएका भारतीय संचारमाध्यामले जनाएका छन् ।

पाकिस्तानी सेनाले अगस्टमा गुजरात नजिकै सर क्रिक क्षेत्रमा एसएसजी कमाण्डो तैनाथ गरेको थियो । जासुसी संस्थाले ३० अगस्टमा आतंककारी र पाकिस्तानी कमाण्डो समुन्द्री मार्ग हुँदै गुजरातमा घुसपैठ गर्नसक्ने भन्दै सचेत गराएको थियो । भारत र पाकिस्तानबीच कश्मीर मुद्दामा विवाद यथावत छ ।