रोन्डा राउसीको अहिले निकै चर्चामा छिन्। सुगठित शरिर भएकी रोन्डाले ३४ सेकेन्डमै नक आउट जितिन, चर्चा त हुनै नै भयो। यसै बिच विश्वकै सबैभन्दा बढी कमाइ गर्ने व्यावसायिक बक्सर फ्योयड मेवेदरले रोन्डालाई पुरुषको झै मस्कुलर शरिर भएको भन्दै आरोप लगाएका थिए। यस्तै केही महिला बक्सरहरुले पनि रान्डाको आलोचना गरेका छन्। आलोचनाकै बिच रोन्डा समुन्द्री किनारमा बिकिनीमा देखापरिन। जुन उनका विरोधिहरुको लागि कडा जवाफ मानिएको छ।

को हुन रोन्डा?RONDA-ROUSEY
रोन्डा अमेरिकन मिक्स्ड मार्सल आर्ट्सको एक बक्सर हुन। उनको नाममा लगातार बाह्रा ‘फाइट’ जितेको रेकर्ड छ। व्यावसायिक बक्सिङमा कसैलेपनि अहिलेसम्म यी ५ फिट ७ इन्च अग्ली बक्सरलाई हराउन सकेको छैन। ‘फ्युरियस ७’, एक्सपेन्डेबल सीरीजका फिल्महरुमा उनको अभिनय पनि देख्न सकिन्छ।
२००८ को बेइजिङ ओलम्पिकमा उनले जूडोमा अमेरिकाको लागि काँस्य पदक पनि जितेकी थिइन।ronda-rousy

रोन्डा पहिला एथलीट खेलाडी थिइनन्। उनी झै ओलम्पिक गोल्ड च्याम्पियन नताशा हस्टिङस्ग्स, सान्या रिचर्डस् रान्स, मैसी एरिआस र क्रिस्मस एबोटलाई पनि पुरुष झै व्यवहार गरिन्छ। मस्कुलर शरिर अनि दमदार खेल प्रदर्शनले उनीहरुलाई यस्तो व्यवहार गर्ने गर्छन्।

क्रिस्मस एबोटabottबडिबिल्डर क्रिस्मस पुरुषको झै शरिर भनी गरिने प्रतिक्रियाको मतलव गर्दिनन्। ओलम्पिक सहित केही ठुला खेलहरुमा भाग लिइसकेकी उनी भन्छिन् ‘यस्तो शरिर मेरो कामको लागि जरुरी छ।’

मैसी एरिआय

massy-ariasपुर्व बडिबिल्डर अनि अहिले फिटनेस ट्रेनर मैसीलाई उनकै ब्याएफ्रेन्डले पुरुष लाग्ने भन्दै प्रतिक्रिया दिएका थिए।

नताशा हस्टिङस्ग्स

natasha-hastings

२९ वर्षकी अमेरिकी ओलम्पिक च्याम्पियन नताशालाई पनि केटा झै शरिर भएको प्रयिक्रियाले हैरान गर्थो। ५.८ फिट अग्ली नताशाले ओलम्पिक २००८ को ४X४०० रिले मा गोल्ड मेडल जितेकी थिइन।

सान्या रिचर्डस् रान्सsanya-richards

जमैकाकी सान्या भन्छिन, ‘पुरुष झै देखिने भन्दै गरेका प्रतिक्रियाले म झन् बलियो बने।’

यो पनि पढ्नुहोस्।

सबैभन्दा बढी कमाउने विश्वका १० महिला खेलाडी (फोटो फिचर)

सुन्दरीका लागि प्रसिद्ध संसारका १७ देशः कुन देशका महिला के मा सुन्दर? (फोटो फिचर)