२६ पुस, चितवन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता दिवसमा सार्वजनिक बिदा दिने विषयमा राजनीतिक रुपले टुङ्गो लगाएर मात्रै निर्क्यौल गरिने बताएका छन् ।

भरतपुर उपमहानगरपालिकाको तेस्रो नगर परिषद्को आज यहाँ उद्घाटन गर्दै उनले पृथ्वीनारायण शाहले राज्य निर्माणमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । तत्कालीन समयमा भारतमा अङ्ग्रेज साम्राज्यले स–साना भूरे टाकुरे राज्यलाई विशाल साम्राज्य खडा गरिरहेको समयमा नेपालमा शक्तिशाली राज्य नभएको भए यसको अस्तित्व इतिहासबाट लोप हुने खतरा भइरहेका बेला पृथ्वीनारायण शाहले केन्द्रीकृत राज्य बनाउन नेतृत्वदायी भूमिका खेलेको  स्मरण गरे ।

दरबारबाट बाहिरिएका हौं, जिम्मेबारीबाट होइनः पूर्वराजा ज्ञानेन्द्र

अहिले पृथ्वीनारायण शाहको जन्मदिनमा बिदा दिने कि नदिने भन्ने विषयमा नेपालमा बहस रहेको प्रधानमन्त्री दाहालले बताए । मधेसमा अरू आदिवासी जनजातिको कुरा या अलग समुदायमा पृथ्वीनारायण शाहको भूमिकालाई कसरी हेर्ने भन्ने विषयमा बहस छ त्यस बहसलाई राजनीतिक रुपले टुङ्गो लगाएर मात्र निक्र्योल गर्नुपर्ने उनकाे भनाइ थियाे ।

मन्त्रिपरिषद्को बैठकमा दुईपटकसम्म यस विषयमा छलफल भएको भन्दै उनले भने “म राजनैतिक तहमा यो विषयमा छलफल गरेर एउटा समुचित निस्कर्ष निकाल्ने कुरामा पहल गर्ने छु भनेको छु ।” तत्कालीन समयमा केन्द्रीकृत राज्य नहुँदा जनतालाई समेत आपत् परिसकेको भन्दै उहाँले प्रत्येक राज्यपिच्छे कर तिर्नुपर्ने कारणले व्यापार विनिमयमा नकारात्मक असर परेको पनि बताए ।

ओलीले भने, ‘मेलै नै संसदको अवरोध हटाएको हुँ’

इमान्दार नागरिकले आफ्नो इतिहासप्रति गौरव गर्न सक्नुपर्ने भन्दै उनले भने, “हामीले गौरव गर्ने विन्दु छ त्यो हो एउटा कविलाई भूरे टाकुरे राज्यबाट केन्द्रीकृत एउटा बलियो सामान्ती नै राज्य बन्नु प्रगतिशील हो त्यो पछि हटेको कदम होइन ।”

शान्तिप्रक्रिया भएका बेला पुरानो सबै चिजलाई नष्ट गर्नुपर्छ र नयाँ निर्माण गर्नुपर्छ भन्ने अलि बढी उन्माद आफ्नै पार्टीभित्र देखिएको स्मरण गर्दै उनले कतै कतै पृथ्वीनारायण शाहको सालिक ढाल्ने काम भएकामा आफुले त्यसलाई रोकेको बताए । रासस