प्रयास पराजुली।

दस बर्षमा छ टुक्रामा विभाजित माओवादी पार्टीहरुबीच एकताको प्रक्रिया घनिभुत रुपमा चलेको छ । विभाजित माओवादीसँग एकता गर्नको लागि एमाओवादी र नेकपा क्रान्तिकारीका महासचिव वादलबीच १२ बुँदे समझदारी भएको छ । यो एकता प्रक्रियामा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य भने सहभागी नहुने भएका छन् । तर विभाजित चार माओवादी पार्टीबीच भने एकता हुने निश्चित भएको छ ।maobadi antraikriya program prachanda baidya badal 3019622

शुक्रवार विस्तृत शान्ति सम्झौता र जनयुद्धकालिन मुद्दा विषयक अन्र्तक्रिया कार्यक्रममा विभाजित माओवादीका शीर्ष एउटै मञ्चमा सहभागी भए । सभा गृहमा खचाखच भरिएका कार्यकर्ता । असिनपसिन गरेर विभाजित माओवादी नेताका भाषण सुनिरहेका थिए । सबै कार्यकर्ताको एउटै स्वर थियो–माओवादी एकताबद्ध हुनुपर्छ, आजै एकताको घोषणा गर ।’

प्रचण्ड हाँस्ने वैद्य सुस्ताउने
सभा हलमा खचाखच कार्यकर्ता सबैको ध्यान प्रचण्ड र वैद्यमाथि नै थियो । पत्रकाहरुले पनि क्यामेरा प्रचण्ड र वैद्यमाथि नै सोझ्याएका थिए । मञ्चमा रहेका अधिकाशं नेताहरु हसिला देखिन्थे । तर वैद्यलको अनुहार भने अलि मलिन थियो । बोल्ने अधिकाशं नेताहरुको एउटै भनाई थियो–विभाजित माओवादी मिल्नु पर्छ, आज सबै नेताहरुले प्रतिबद्धता व्यक्त गर्नुपर्छ। जति नेताहरुले भाषण गर्दै वैद्यमाथि दबाब दिइरहेका थिए, पत्रकारले फोटो खिच्न क्यामेरा सोझ्याएपछि प्रचण्ड मुसुमुसु हासे भने वैद्यले चस्मा खोलेर मुन्टो निहुर्याए ।

प्रचण्डलाई ताली वैद्यलाई हुटिङ
वैद्यले के भन्नलान भन्ने धेरैलाई चासो थियो । सामान्य ढंगले भाषण सुरु गरेका वैद्यले विस्तारै भाषण तेज गतिमा अगाडि बढाए । उनले भने,‘प्रचण्डजी सरकार छोडेर आउनुहोस पार्टी एकता हुन्छ भन्नुहोस ।’ त्यसपछि हलमा हाँसोको फोहोरा छुट्यो । वैद्यले थप प्रचण्डलाई प्रश्न गरे– प्रचण्डजी सरकारमा बस्ने हामी जेल जानु पर्ने यो कस्तो क्रान्ति हो ?’ सबैले ताली पिटे । निकै तेज र आक्रमक रुपमा भाषण गरेका वैद्यले मानवअधिकारवादीले मुद्धा ब्युताएकोप्रति आक्रोश व्यक्त गरे । उनले पार्टी एकताको लागि गम्भीर समिक्षा आवश्यक भएको बताएपछि उनको विरुद्ध हलभित्र सुसेल्दै होहल्ला भयो ।maobadi antraikriya program prachanda baidya badal 23711122

आजै पार्टी एकताको घोषणा गर्नुपर्छ । मञ्चमा बसेका प्रचण्डले हात हल्लाउदै सबैलाई संयमित हुन आग्रह गरे । वैद्य अक्क न बक्क भए । वैद्यले आग्रह गर्दै भने–मैले तपाईहरुको कुरा सुने मेरो पनि कुरा सुन्नुहोस् । त्यसपछि वैद्यले भने,‘पार्टी एकता गर्नुपर्छ भन्ने मेरो असमति होइन पार्टी एकताको लागि गम्भीर समिक्षा आवश्यक छ, सके पार्टी एकता नभए कार्यगत एकता गरेर भएपनि अगाडि जान तयार छौ ।’ त्यसपछि वैद्यले लामो भाषण गरेनन् । मञ्चमा प्रचण्डसँग आएर वैद्यले भने–मैले पार्टी एकता नगर्ने भएर कहाँ भनेको छु ? त्यसपछि प्रचण्ड र वैद्य हाँसे हल पनि हाँसोले गुञ्जयमान भयो ।

प्रचण्डको जवाफःम बैद्यजीले भनेको मान्छु
वैद्यपछि बोलेका प्रचण्डले वैद्यले सोधेको प्रश्नको जवाफ यसरी दिए–सरकारमा बसेको कारणले पार्टी एकता रोकिएको हो भने म आज यही मञ्चबाटै सरकार छोडको घोषणा गर्न सक्छु, सरकार अस्ति पनि छोडन खोजेकै हो, सरकार छोडन मलाई कुनै आइतवार छैन, जति बेला पनि छोडन सकिन्छ, मलाई सरकार होइन पार्टी एकता ठूलो कुरा हो ।’

यही मञ्चबाट सरकार छोडेको घोषणा गर्न सक्छु- प्रचण्ड

प्रचण्डले माओवादीहरुको एकता अब कुनै पनि हालतमा नरोकिने बताए । उनले वैद्यजी दुइ चार महिनापछि आएपनि अरु माओवादीबीच छिट्टै एकता हुने बताउँदा हल गडगडाहट तालीले गुञ्जायमान भएको थियो ।

चरण प्रसाई रातोपिरो भएपछि…
अन्र्तक्रिया कार्यक्रममा माओवादीहरुले कानुनविद्ध मानवअधिकारवादी, नागरिक समाजका अगुवा लगायतलाई मञ्चमा राखेका थिए । मानवअधिकारवादी चरण प्रसाइले भाषण गर्दा कार्यकर्ताले विरोध गर्न थालेपछि लोकतन्त्रमा सबैको कुरा सुन्नु पर्ने भन्दै उनले प्रतिवाद गरेका थिए । तर भीडले होहल्ला गर्न थालेपछि केही समय बोलेर उनले भाषण टुङ्ग्याए । मञ्चमा सँगै बसेका प्रसाइप्रति लक्षित गर्दै प्रचण्डले चार पटक एउटै प्रश्न दोहोर्याए–हैन मानवअधिकारवादीहरुले खोजेको चाँही के हो ?’ यसो भन्दा प्रसाई रातापिरो भएका थिए । प्रचण्ड लगायतका सबै नेताको आक्रोश सुन्न एक्ला मात्र पात्र प्रसाइ मात्र थिए ।

बाबुराममाथि मुद्दा हुँदा प्रचण्ड हाँसेपछि…
अदालतले फटाफट जनयुद्धकालिन मुद्दा फैसाल गर्न थालेपछि पाँच माओवादी मिलेर देशभरका मुद्दा संकलन गरेको सुनाउदै प्रचण्डले आफ्नो टाउकोमा ३७ वटा मुद्धा रहेको बताए । प्रचण्डले भने,‘मेरो टाउमा ३७ वटा छ, बाबुरामको टाउकोमा १६, वादल र वैद्यको टाउकोमा चार-चार वटा मुद्दा छ ।’ बाबुरामजी जनसरकार प्रमुख भएर अझ मार भन्ने अहिले पन्छिन मिल्छ ? अहिले नयाँ शक्ति भनेर सुख पाइन्छ ? मलाई अहिले आन्नद के आएको छ भने बाबुरामजीको पनि १६ वटा मुद्दा बाँकी छन्, प्रचण्डले निकै हस्यौली शैलीमा भने । हाम्रो बुद्धि नआएपछि विपक्षले बुद्धि पुरयाइदिएका छन् ।

यो पनि पढ्नुस्।

भारतबाट नेपाललाई दिने सहयोग घटाइएको छैन- भारतीय दुताबास

निधीलाई प्रधानमन्त्रीको जवाफ- फास्ट ट्रयाक नेपालले नै बनाउँछ

चीनबाट नेपाल हिँडेको रेलमा हतियार – भारतीय मिडिया