४ जेठ, पोखरा ।

सत्तारुढ एमालेका महासचिव इश्वर पोखरेलले एमाओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले तयार नरहेको बताएका छन् ।

मंगलबार पोखरामा सञ्चारकर्मीहरुसँग बोल्दै महासचिव इश्वर पोखरेलले प्रचण्डलाई बजेटपछि प्रधानमन्त्री बनाउने कुनै सहमति नभएको र आफूहरु प्रधानमन्त्री प्रचण्डलाई दिन तयार नभएको बताए ।

फाइल तस्बिर

फाइल तस्बिर

“प्रधानमन्त्री पद खल्तीको सामान दिएजस्तो होइन एमालेले प्रचण्डलाई प्रधानमन्त्री पद दिन सक्दैन”, इश्वर पोखरेलले भने ।

आन्दोलनकारीको डरले ओलीले बालुवाटार छोडे- आङकाजी

सरकार ढाल्ने खेल असफल भैसकेको भन्दै उनले यही सरकारले अर्को चुनाव गराउने दावी पनि गरेका छन् ।

ईश्वर पोखरेलको फेसबुकमा प्रचण्डलाई श्रद्धान्जली (तस्विर सहित)