७ साउन, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली राजिनामा दिन तयार नभएपछि राजनीतिक माहौल पुरानै दिशामा फर्किएको छ ।

बजेट फेल गराउने माओवादी केन्द्रको तयारी

कांग्रेस, माओवादीले ल्याएको अविश्वासको प्रस्ताव फिर्ता गर्ने र प्रधानमन्त्रीले राजिनामा गर्ने कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको प्रस्ताव अस्वीकृत भएपछि तीन दल ध्रुविकृत भएका हुन् ।

pm oli onsari prachanda deuwa 7345910

रामचन्द्र पौडेलले ल्याएको मध्यमार्गी प्रस्तावमा सहमति नभएपछि सरकारले संसदमा पेश गरेको बजेट आश्रित विधयेक फेल हुने निश्चित भएको छ ।

पौडेलको प्रस्ताव अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नमानेपछि काँग्रेस र माओवादी केन्द्रले विधयेकको विपक्षमा मतदान गर्ने भएका हुन् । उनीहरुलाई संघीय गठबन्धनले पनि साथ दिनेछन् ।

कांग्रेसबाट दुई सय सांसद मन्त्री बन्न तयार !

काँग्रेस नेता पौडेलले आर्थिक विधयेक पारित गर्ने, अविश्वासको प्रस्ताव फिर्ता लिने, प्रधानमन्त्रीले राजीनामा गर्ने र नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने प्रस्ताव गरेका थिए ।

त्यसमा नेकपा माओवादी केन्द्र सकारात्मक देखिएपनि प्रधानमन्त्रीले राजीनामा नदिने अडान राखेकाले विधयेक फेल हुने भएको हो । संसद भवनमा पत्रकारसँग कुरा गर्दै काँग्रेस नेता पौडेलले भने, ‘मेरो प्रस्तावमा म अडिग थिएँ, दुबै पक्ष अडिन सकेनन् त्यसैले मैले भनेजस्तो भएन ।’आर्थिक विधयेकपछि आजै सरकार विरुद्धको अविश्वास प्रस्तावमा छलफल अघि बढाउने कार्यसूची तय गरिएको छ ।

प्रचण्ड र ओली दुवै अडानमा

ओलीले राजिनामा दिन तयार भए बजेट आश्रित बजेट पारित गराउन तयार भएका प्रचण्ड ओलीको अडानपछि बजेट असफल पार्ने निष्कर्षमा पुगेका छन् । सरकारमा बस्दा पनि मनोमानी गरेका ओलीले सरकार ढल्न लाग्दा पनि तुजुक देखाएपछि प्रचण्ड आफूले पनि देखाइदिने निष्कर्षमा पुगेको एक माओवादी नेताले हेडलाइन्सलाई बताए। सरकार ढालेपछि देखा जाएगाको मुडमा प्रचण्ड छन् । उता ओली भने अविश्वासको प्रस्ताव पास भएपनि नयाँ सरकारबारे संविधान अष्पष्ट रहेका कारण त्यसको फाइदा लिएर लामो समय कामचलाउ सरकार चलाउने मुडमा देखिएका छन् ।