२४ चैत, एजेन्सी ।

गत साता आत्महत्या गरेकी बलिउकी टेलिभिजन अभिनेत्री प्रत्युषा बनर्जीको निधनपछि एक पछि अर्को गर्दै रहस्यहरु उद्घाटन हुने क्रम जारी छ ।

प्रत्युषाका माता पिताले आफ्नी छोरीको आत्महत्याको कारण प्रेमी राहुल राज सिंह रहेको भन्दै उजुरी दर्ता गरेकै समयमा राहुल राजको विवाह यस अघि नै भैसकेको र उनको ९ वर्षको छोरो समेत रहेको खुलासा भएको हो ।

Pratyusha with bf

प्रत्युषाका साथी विकाश गुप्ताले राहुलको पहिलो विवाहबाट ९ वर्षको बच्चा रहेको खुलासा गरेका हुन् । प्रत्युषाका पिताले समेत राहुलको यस अघी विवाह भैसकेको कुरा आफूले हालै मात्र थाहा पाएको जानकारी दिएका छन् ।

यस्तो वास्तविकता थाहा पाउँदा आफू छाँगाबाट खसेको अनुभव गरेको समेत उनले बताएको भारतीय सञ्चार माध्यले जनाएका छन् ।

बाबु आमाले खोले प्रत्युषाले आत्महत्या गर्नुको कारण

प्रत्युषाको कोठामा भेटिए ३ अनौठा चिज

राहुलले प्रत्युषालाई आमा बाबुसँग बसेमा छोड्दिने धम्की समेत दिइसकेको समेत खुलासा भएको छ । प्रत्युषाका प्रेमी टेलिभिजन निर्माता राहुल भने अहिले अस्पतालमा छन् ।

प्रत्युषाले गत एप्रिल १ मा आफ्नै निवाशमा आत्महत्या गरेकी थिइन् । उनको मृत्युपछि अनेक अनेक अडकलवाजी र रहस्यकथा बाहिर आइरहेका छन् ।

आत्महत्या गरेकी प्रत्युषाको अन्तिम सन्देश

‘जीवन जिउनको लागि हो, आत्महत्या गर्नको लागि होइन’- हेमा मालिनी

झारखण्डकी प्रत्युषा मुम्बाइमा आफ्ना साथीहरुसँग बस्दै आएकी थिइन् । उनी चर्चित सीरियल ‘बालिका वधू’बाट चर्चामा आएकी थिइन् । उक्त सिरियलमा उनलाई ‘आनन्दी’ भनेर चिनिन्थ्यो । उनी बिग बोस सिजन ७ मा पनि देखिइएकी थिइन् ।

प्रेम जीवनमा समस्या आएपछि उनले आत्महत्या गरेको अनुमान गरिएको छ । राहुल राज सिंहसँग रहेको प्रेम सम्बन्ध धरापमा परेपछि विवाह गर्ने तयारी मा रहेकी प्रत्युषाले विवाहको पहिरनमा नै आत्महत्या गरेको बताइएको छ । प्रेम सम्बन्ध टुटेपछि उनले यस्तो गरेको बुझिएको छ ।