२३ पुस, एजेन्सी।

लस एन्जल्समा बुधबार आयोजित ‘पिपल्स च्वाइस अवार्ड’मा प्रियंका चोपडाले ‘फेवरेट एक्ट्रेस’को अवार्ड आफ्नो नाममा गरिन। टिभी सिरिज ‘क्वान्टिको’ को लागि उनले अवार्ड पाएकी हुन।

priyanka peoples choice award 32354815

फेवरेट नायिकाको अवार्ड पाउँदा उनेले एमा रोबर्टर्स, जेमी ली कर्टिस, ली मिशेले र मर्सिया गे हार्डेनलाई पछि पारिन।

priyanka peoples choice award 43332615

सन् २०१५ सेप्टेम्बर मा पहिलो भाग सार्वजनिक भएको क्वान्टिकोको अहिलेसम्म ११ भाग प्रदर्शन भइसकेको छ। प्रियंका चोपडा, जेक म्याकलाफलिन, यासिमे एल्मास्री लगायतका कलाकारको अभिनय रहेको यो अमेरिकी टिभी सिरियल एबीसी च्यानलबाट प्रसारित हुन्छ। यसमा प्रियंकालाइ एफबीआई एजेन्टको भुमिकामा देख्न सकिन्छ।

यो पनि पढ्नुस्।

प्रियंका बनिन अनुसन्धान ब्युरो अफिसर

दिपिका पादुकोणले सबैलाइ पछारेको वर्ष

सलमान खानले सबैलाई उछिनेको वर्ष