२८ फागुन, काठमाडौं ।

फेसबुकमा सुसाइड नोट लेखेर आत्महत्या गर्ने तयारी गरेका एक युवकलाई नेपाल प्रहरीले बचाएको छ । फेसबुकमा आत्म हत्या गर्ने सन्देश सहितको नोट लेखेका झापाका युवकलाई प्रहरीले बचाएको हो ।

फेसबुकमा आत्महत्या गर्ने सम्बन्धि स्टाटस लेखेपछि उनको फेसबुक क्रियाकलाप शून्य पाइएको र थप अनुसन्धान गरेर उनलाई जोगाउन सफल भएको प्रहरीले जानकारी दिएको छ । बिहीबार आफ्नो फेसबुकमा आत्महत्या सम्बन्धी नोट लेखेका ती युवकलाई प्रहरीले शुक्रबार फेला पारेको थियो ।

facebook feed change

युवकको उद्दारपछि प्रहरीले आफ्ना छोराछोरीको सम्भावित क्रियाकलापमा निगरानी राखि दुर्घटनाबाट जोगिन अभिभावहरुलाई आग्रह गरेको छ ।

प्रहरीले भनेको छ, “अभिभावकहरुले आफ्ना किशोर किशोरी छोराछोरीहरुको कृयाकलाप माथी विषेश अभिरुची राखी सम्भावित खतराबाट जोगिन आवश्यक सल्लाह, सुझाव र निग्रानी राख्न हुन महानगरीय अपराध महाशाखा अनुरोध गर्दछ ।”

सावधान ! फेसबुकमा भुलेर पनि नगर्नुस यो काम

सावधान ! पासवर्डविना नै खुल्न सक्छ फेसबुक