११ साउन, काठमाडौं ।

उत्तरी फ्रान्सको नरम्याण्डी क्षेत्रमा दुई हतियारधारीले केही व्यक्तिलाई एउटा चर्चभित्र बन्धक बनाएका छन् ।

भारतले हार्‍यो १ खर्व ७ अर्वको मुद्धा

उनीहरुले चारदेखि छ जना मानिसलाई नियन्त्रण लिएको अधिकारीहरुलाई उद्यृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् । तर प्रहरीले घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ ।

france church hostage

फ्रान्सका आन्तरिक मन्त्रीलाई उद्यृत गर्दै बीबीसीले लेखेको छ, प्रहरीले घटनालाई आफ्नो नियन्त्रणमा लिइसकेका छन् । प्रहरीले घटनास्थललाई चारै तिरबाट घेरा हालेर कारवाही अघि बढाएको छ ।

ओली सरकार ढलेपछि चीनको पहिलो प्रतिक्रिया

आक्रमणकारीले बन्धक बनाएका मध्ये एकजनाको हत्या गरिसकेको खबर आएपनि स्वतन्त्र पुष्टि हुन बाँकी छ । युरोपेली देशमा लगातार आतंकवादी आक्रमण बढ्दै गएको छ ।