८ कात्तिक, एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ)ले बंगलादेशविरुद्ध हुने टि ट्वेन्टी र टेष्ट श्रृंखलाका लागि भारतीय टिमको घोषणा भएको छ ।

टिममा राष्ट्रिय टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनी भने अटाएनन् । धोनीका विषयमा सोधिएको प्रश्नमा खेलाडी छनौट समितिका प्रमुख एमएसके प्रसादले भने, ‘अब हामी धेरै अगाडि आइसकेका छौं । आगामी विश्वकपका लागि हाम्रो ध्यान मात्रै युवाहरुमा छ ।’

भारतले बंगलादेशसँग तीन खेलको टि ट्वेन्टी र दुई वटा टेष्ट श्रृंखला खेल्नेछ । विकेटकिपर ऋषभ पन्त, ऋद्धिमान साह र सञ्जु स्याम्सन रहनेछन् । प्रसादले थपे, ‘अहिले धोनीको उत्तराधिकारीका लागि पन्त सबैभन्दा उत्तम विकल्प हुन् । आगामी टि ट्वेन्टी विश्वकपका लागि हाम्रो ध्यान मात्र पन्त माथि नै छ ।’

प्रसादका अनुसार अहिले ऋषव पन्तको प्रदर्शन उत्कृष्ट छ । धोनीको सन्यासबारे सोधिएको प्रश्नमा प्रसादले यसलाई उनको व्यक्तिगत स्वतन्त्रता भएको जवाफ दिए । ‘घरेलु क्रिकेट खेल्ने वा सन्यास लिने उनको यो व्यक्तिगत स्वतन्त्रता हो । हामीले पहिला नै टीमको भविष्यका लागि रोडम्याप तयार गरिसकेका छौं ।’ उनले भने ।