काठमाडौं, ४ जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराइलाई चिडियाखानामा राख्नुपर्ने तर्क गरेका छन् ।

नेता भट्टराइले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा ‘नेपाली काँग्रेसलाई अब म्युजियममा राख्नुपर्छ’ भन्ने अभिव्यक्ति दिएपछि गुरुङले घुमाउरो पारामा त्यसको कटाक्ष गरेका हुन् । उनले ट्वीट गर्दै नेता भट्टराइलाई पार्टी फेर्दै हिँड्ने नेता भनेका छन् ।

‘एकजना पार्टी फेर्दै हिँड्ने श्रदेय नेताले नेपाली काँग्रेसलाई म्युजियममा राख्नुपर्छ भनेका रहेछन्, तर पार्टी फेर्दै हिँड्ने नेता यस्ता हुन्छन् भनेर प्रदर्शन गर्न चिडियाखानामा राख्नुपर्छ भनेर म चन्न चाहन्न किनकी राजनीतिमा विचारको बहस चलाउनुपर्छ न कि गालिगलौजको ।’ उनले ट्वीटरमा लेखेका छन् ।