हेटौंडा, ४ जेठ । मकवानपुरमा ठूलो परिमाणको लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।

ना ३ ख ३७१५ नम्बरको मालबाहक ट्रकमा कुखुराको दानाको बीचमा हालेर ल्याउँदै गरेको हवस्थामा विशेष सूचनाका आधारमा प्रहरीले गाँजा बरामद गरेको हो । प्रहरी निरीक्षक पवनकुमार झाको नेतृत्वमा खटिएको जिल्ला र ३ नम्बर प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले हेटौंडा उपहानगरपालिका ११ नवलपुरबाट गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको ।

कुखुराको दानाका बोराहरुको बीचमा प्लास्टिकले बाँधेर ११ वटा पोकामा ल्याइएको गाँजा बरामद गरिएको हो । गाँजासँगै ट्रक धनी तथा चालक मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ३ का २८ वर्षीय सुकुलाल थिङ र सोही ट्रकमा सवार राक्सिराङ ३ घर भइ चितवन भरतपुर महानगरपालिका १३ गितानगर बस्ने ३१ वर्षीय नमराज दर्जीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।