३ जेठ, काठमाडौँ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी प्रधानमन्त्री निवास बालुवाटार आसपासका महत्वपूर्ण स्थानमा निषेधित क्षेत्र तोकेको छ ।

प्रजिअ रामकृष्ण सुवेदीको अध्यक्षतामा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले आजैका मितिदेखि लागू हुने गरी थप संवेदनशील क्षेत्रमा अर्को आदेश नभएसम्मको लागि निषेधित क्षेत्र तोकेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारदेखि दक्षिणतर्फ इटालियन चोक र उत्तरतर्फ पवित्र वर्कशपसम्म, सभामुखको निवासदेखि पश्चिम दक्षिणतर्फ गैरीधारा जाने बाटोको १०० मि सम्म तथा प्रधानन्यायाधीशको निवास बालुवाटारदेखि पश्चिम लाजिम्पाटसम्म १०० मि र नेपाल राष्ट्र बैंक बालुवाटार चोकदेखि पूर्व १०० मि सम्म निषेधित क्षेत्र तोकिएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० बमोजिम निषेधित क्षेत्र तोकिएको र उल्लेखित सूचनाको बर्खिलाप हुने गरी कसैले कुनै कार्य गरे-गराएमा कानुनबमोजिम कारबाही हुने प्रजिअ सुवेदीले जानकारी दिए । रासस

यो पनि पढ्नुस्।

गठबन्धनले तमासा देखाए देशमा कानुन छः ओली

जनजाती र मधेसीलाई इयू र भारतले उचाल्यो : झाक्री

माओवादीलाई एक नम्बर बनाउने यस्तो छ प्रचण्डको प्लान

दाहालविरुद्ध मानहानीको मुद्दा

आन्दोलनमा सहभागी बेलायती पक्राउ