२१ भदौ, एजेन्सी । भारतको चन्द्र मिसन असफल भएपछि पाकिस्तानीहरुले तिखो व्यंग्य प्रहार गरेका छन् । भारतले चन्द्रमामा पठाएको चन्द्रयान–२ गएराति चन्द्रमाको निकै नजिक पुगेपछि सम्पर्क बिहीन भएको थियो ।

४७ दिन लामो यात्रा गरेर चन्द्रमाको सतह भन्दा २ दशमलब १ किलोमिटरको दूरीमा रहेको चन्द्रयान–२ को ल्याण्डर सम्पर्क विच्छेद भएपछि पाकिस्तानी एक मन्त्रीलेसमेत भारतको खिसिटिउरी गरेका हुन् । पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री फवाद हुसेन चौधरीले सामाजिक संजाल ट्वीटरमा भारतीय जनताले चन्द्र मिसनका लागि खर्चिएको ९ सय करोड भारतीय रुपैयाँको हिसाब खोज्नु पर्ने प्रतिक्रिया दिनु भएको छ ।

उहाँको प्रतिक्रियापछि भारतीय ट्वीटर प्रयोगकर्ताहरुले उहाँविरुद्ध कडा प्रतिक्रियामा उत्रिएका छन् । सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमा पाकिस्तानका थुप्रै प्रयोगकर्ताहरुले भारतको चन्द्र मिसन असफल भएकोमा कडा टिप्पणी गरिरहेका छन् ।