२१ भदौ, एजेन्सी । दक्षिण भारतीय सुपरस्टर प्रभासको फिल्म ‘साहो’ले बक्सअफिसमा दमदार कमाई गरिरहेको छ । सोचेअनुसारको कमाई गर्न नसकेपछि फिल्मले आफ्नो लगानी भने उठाउन सफल भएको छ । फिल्मको कमाईले पछिल्लो आँकडा बाहिरिएको छ । हिन्दी भाषाको साथमा अन्य तीन भाषाहरुमा प्रदर्शन भइरहेको फिल्मले पनि राम्रो कमाइ गरेका छन् ।

ट्रेड एनालिस्ट जोगेंदर टुटेजाले हिन्दी भाषाको फिल्मको कमाई सार्वजनिक गरेका छन् । फिल्मले ८ दिनमा १ सय १६ करोड ३ लाखको कमाई गरेको छ । पहिलो हप्ताको कमाईले फिल्मो लगानी उठाएको छ भने दोश्रो सातादेखिको कमाई भने निर्माताहरुको नाफा हुनेछ । हिन्दी भाषाबाटमात्र १ सय करोडको आँकडा पार गरेको फिल्मले विश्वभरबाट ३ सय ७० करोडको कमाई गरेको छ । समिक्षक र वर्ड अफ माउथ खासै राम्रो नपाएको फिल्मले कमाई भने दमदार गर्न सक्यो ।

साहोको कमाईलाई यसै साताबाट प्रदर्शनमा आएको दुई फिल्मले असर पार्ने देखिएको छ । सुशांत सिंह राजपूत र श्रद्धा कपूरको फिल्म छिछोरेको साथमा आयुष्मान खुरानाको फिल्म ड्रीम गर्ल पनि प्रदर्शन भइरहेको छ । यी दुई फिल्मलाई समिक्षक र दर्शकहरुको पनि राम्रो साथ मिलिरहेकोले कमाईको हिसाबले साहोको अबको यात्रा कठिन हुने देखिएको छ ।