१० साउन, काठमाडौं ।

भाजपा नेतालाई प्रमुख अतिथि बनाएर संविधानमा नेपाललाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने भन्दै अभियान थालिएको छ । खुमबहादुर खड्का, दिपक बोहोरा, भरत केशर सिंहदेखि कमलानयनाचार्यसम्मको उपस्थितिमा राजधानीमा भएको कार्यक्रममा भारतको सहयोग लिएर भए पनि नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न माग गरिएको हो ।

आइतबार राजधानी विश्व हिन्दु महासंघले आयोजना गरेको कार्यक्रममा कांग्रेस नेता खुमबहादुर खड्काले नेपाललाई हिन्दु राष्ट्र कायम गर्न भारतलाई सहयोग गर्न खुला अपिल गरेका हुन् । नेपालको प्रस्तावित संविधान र हिन्दु अधिराज्य बिषयक बिचार गोष्ठिमा उनले राष्ट्रियता जोगाउन हिन्दु राज्य कायम गर्नुको बिकल्प नभएको बताए ।

khum-bahadur-khadka1

बहुसंख्यक हिन्दुधर्मालम्बी बसोबास गर्ने भारतले नेपाललाई हिन्दु राष्ट्र कायम गर्न समर्थन गर्नु नौतिक दायित्व भएको भन्दै उनले भारतीय प्रधानमन्त्री र भाजपाका नेताहरुलाई ध्यानाकर्षण गराउन भाजपा नेतासँग आग्रह समेत गरे ।

कार्यक्रममा भाजपा नेता आदित्यनाथ, त्यसैगरी लोकसभाका सदस्य समेत रहेका गोरक्ष पीठाधीशका महन्त योगी आदित्य नाथ लगायतले हिन्दु नेपालको पहिचान भएको भन्दै नेपाललाई हिन्दु राष्ट्र कायम गर्न भारतको सदासयता रहने बताए ।

त्यसैगरी मुक्तिनाथ पिठाधीश कमल नयनाचार्य, बिश्व हिन्दू महासंघका भरतकेशर सिंह लगायतले ८१ प्रतिशत हिन्दु भएको देशलाई केहि दलको निहित स्वार्थका कारण धर्म निरपेक्ष घोषणा गरिएको भन्दै अब बन्ने संविधानमा सनातन हिन्दुराष्ट्र कायम गर्नुको बिकल्प नभएको बताए ।

त्यस्तै राप्रपाका महामन्त्री दिपक बोहराले सुझाव संकलका क्रममा अधिकाशं जनताले संबिधानमा धर्म निरपेक्षता राख्न नहुने सुझाव दिएको जिकिर गरे । २०६२÷६३ को आन्दोलनमा धर्म निरपेक्षेता र संघीयताको कुरै नउठे पनि राष्ट्रियता र पहिचान समेत मेटिने गरी यी मुद्धा बिदेशबाट आयात गरिएको सहभागीको दावी थियो ।