४ असोज, काठमाडौं ।

नेपालमा संविधान जारी भएपछि भारती मिडियामा तीव्र प्रतिक्रिया देखिएको छ । भारतीय मिडियामा नेपालले भारतको चासोलाई वेवास्ता गर्दै संविधान जारी गरेको र भारतलाई क्षुब्द बनाइएको भन्दै हेडलाइन बनाएका छन् ।

नरेन्द्र मोदीको नेपाल कुटनीति असफल भएको दिन !

भारतको सबैभन्दा चर्चित अखबार टाइम्स अफ इण्डियाले नेपालले भारतको चासोप्रति उदासिन बनेर संविधान जारी गरेको भन्दै हेडलाइन बनाएको छ ।


times of india after constitution

काठमाडौंस्थित भारतीय दुताबासले अझै पनि नेपालमा जारी तनाव वार्ता माध्यमबाट सुल्झिने आशा ब्यक्त गरेको भन्दै उक्त समाचारमा नेपालका लागि पूर्व राजदुत जयन्त प्रसादको भनाइ समेत राखिएको छ ।

भारतीय पूर्व राजदुतको चेतावनी- मधेस आन्दोलनबाट नेपालले ठूलो मूल्य चुकाउने छ

टाइम्स अफ इण्डियासँग जयन्तले भारत, पाकिस्तान र बंगलादेश जहाँ पनि संविधान जारी हुँदा सर्वसम्मत भएको दावी गर्दै नेपालमा २० जिल्लामा कर्फ्यू लगाएर संविधान जारी गरेपछि बैध नहुने तर्क गरेका छन् ।

Indian media on constitution 1

नेपालले नरेन्द्र मोदीले पठाएका दुत एस जयशंकरको भ्रमणलाई पनि नेपाली नेताहरुले स्वागत नगरेको भन्दै तराइमा आन्दोलन हूँदा त्यसको प्रभाव नगरी संविधान जारी गरिएको भनिएको छ ।

Indian media on constitution

टाइम्स अफ इण्डियाले ४० प्रतिशत जनसंख्या आन्दोलित भएको समयमा संविधान जारी गरिएका कारण यसको बैधतामाथि प्रश्न उठेको उल्लेख गरेको छ ।

मधेशमा भइरहेको आन्दोलनको विषयमा भारतीय पक्षबाट नेपाली नेताहरुलाई कुरा बुझाउन खोज्नु अर्थहिन भएको समेत समाचारमा उल्लेख छ ।

संविधान जारी भएपछि भारतीय दुताबासको विज्ञप्ति

पछिल्लो परिदृष्यले भारतले भूकम्पको समयमा गरेको ठूलो सहयोगको अर्थ समेत पुष्टी हुन नसकेको समेत भनिएको छ ।