१६असोज, एजेन्सी । भारत र पाकिस्तानबीच लगातार तनाव बढिरहेको छ । १४ फेब्रुअरीको पुलवामा आक्रमणपछि दुइ देशबीच कुनै पनि तरिकाको चर्चा बन्द छ । यहि बीचमा अमेरिकी अध्यनको रिपोर्ट सार्वजनिक भएको छ ।

जसमा आणवीक हतियार सम्पन्न भारत र पाकिस्तान बीच युद्ध भएमा १० करोड भन्दा धेरै मानिसको मृत्यु हुने आशंका गरिएको छ । यसले विश्वभर भोकमरीको अवस्था सिर्जना हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

भारतले जम्मू कश्मीरको विशेषाधिकार खारेज गरेपछि भारत विरुद्ध विभिन्न देशको समर्थन जुटाउने गरेपनि पाकिस्तानलाई मुस्लिम देशले समेत साथ दिएका छैनन् । अमेरिकाको रटगर्स विश्वविद्यालयका अध्ययनकर्ता एलन रोबक भन्छन्, “यदि परमाणु युद्ध भयो भने उनीहरु कुनै खास स्थानमा लड्दैनन् । परमाणु बम विश्वका जुनसुकै स्थानमा खसाल्न सकिन्छ ।”

अनुसन्धान रिपोर्ट साइन्स एडभान्सेज नामक जर्नलमा प्रकाशित छ । अर्को महत्वपूर्ण कुरा के छ भने सन् २०२५ मा भारत र पाकिस्तानबीच युद्ध हुने संभावना सोधकर्ताहरुले औंल्याएका छन् । त्यतिबेलासम्म दुवै देशसँग कूल मिलाएर ४ सय देखि ५ सय परमाणु हतियार हुने अनुमान छ । अध्ययन अनुसार दुई देश कश्मीर मुद्दालाई लिएर धेरैपटक आमनेसामने भइसकेका छन् ।