१९ भदौ, काठमाडौं ।

सरकारको नेतृत्व सम्हालेकै दिन ४५ दिनभित्र भुकम्प पीडितलाई पहिलो किस्ता उपलब्ध गराउने घोषणा गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भुकम्प पीडितलाई एक लाख रुपैयाँ बढाएर तीन लाख रुपैयाँ अनुदान दिने बताएका छन् ।

आफ्नै अफिसमा बोलाएर गगनलाई प्रचण्डले भने- यो काम गर्नुस्

उनले भुकम्प प्रभावित क्षेत्रका जनताका समस्या समाधानप्रति निकै गम्भीर रुपमा लागिरहेको वताउँदै भुकम्प पीडितलाई तत्काल १ लाख रुपैया थपेर ३ लाख रुपैया अनुदान दिने बताएका हुन् ।

Prachanda with Sindhupalchowk toli

प्रधानमन्त्री प्रचण्डले भने,‘तीन लाख रुपैयाँ अनुदान र २ लाख सहुलियत ऋण गरी ५ लाख उपलब्ध गराउन प्रक्रिया अघि बढेको छ, छिट्टै प्रदान गछौ ।’ उनले छुट भएका भुकम्प पीडितको नाम संकलनका लागि प्रक्रिया सुरु गर्न आफूले निर्देशन दिइसकेको बताए ।

प्रचण्डको अर्को विदेश भ्रमणको मिति पनि तोकियो

आइतावर सिन्धुपाल्चोकका सांसदहरुको सर्वपक्षीय प्रतिनिधि मण्डलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले भुकम्प पीडितको सूचिमा छुट भएका बास्तविक पीडितको नाम थप्ने गरी प्रक्रिया अघि बढेको बताए ।

सिन्धुपाल्चोकका सांसदह अमृतकुमार बोहरा, अग्निप्रसाद सापकोटा, मोहनवहादुर बस्नेत, शेरवहादुर तामाङ र रमेश लामा संलग्न प्रतिनिधि मण्डलले भेट गरेको हो ।

देश छोडेपछि ओलीको एक मात्र ट्वीटः यस्तो

सांसदहरुले छुट भएका भुकम्प पीडितको नाम समावेश, भुकम्प र बाढी पहिरो पीडितलाई राहत, अरनीको राजमार्ग र तातोपानी नाका सुचारु गर्नुपर्ने लगायतका माग राख्दै ज्ञापनपत्र छ ।