२६ साउन, काठमाडौं ।

भोली र पर्सी (विहीबार र शुक्रबार) अत्याधिक मात्रामा उल्का वर्षा हुने भएको छ । स्विफ्ट टटल नामक पुच्छ्रेताराका कारण गत साउन २ गतेदेखि सक्रिय भएको ययाति उल्कावर्षा भोलि र पर्सी अत्यधिक मात्रामा हुने अनुमान बैज्ञानिकहरुले गरेका छन् ।

भारतलाई चीनको चेतावनी- निहुँ नखोज, राम्रो हुँदैन
आलोचना गर्नेहरुलाई प्रचण्ड पुत्र प्रकाशको जवाफ

नेपाल एस्ट्रोनोमिकल सोसाइटीले पनि आगामी भदौ ८ गते सम्म उल्का वर्षा भैरहने जानकारी दिएको छ । पर्सी उल्कावर्षा उत्तर तथा उत्तरपूर्वी आकाशमा देखिनेछ ।

ulka barsa 1 मौसम सफा रहे भोली बिहीबार र शनिबार राति समेत उल्का वर्षा हेर्न पाइने बैज्ञानिकहरुको भनाइ छ ।

ulka barsa

स्वीफ्ट टटलले सूर्यको परिक्रमा गर्न एक सय ३३ वर्ष लगाउछ । यसले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षामा धुलोका कण र चट्टान छोड्ने गर्दछ । जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रेताराको कक्षाको नजिक आइपुग्छ तब धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तिब्र गतिले ठोक्किएर जल्दछन् यसलाई नै हामी उल्का वर्षा भन्छौँ । उल्का वर्षालाई सामान्य बोलीचालीको भाषामा तारा खसेको भन्ने गरिन्छ ।

के संसारको साँच्चिकै अन्त्य हुँदैछः के के हुन कारण ?