१९ भदौ, क्वालालम्पुर ।

मलेसियामा जिका भाइरसको सङ्क्रमणबाट एकजना ६१ वर्षीय नागरिकको मृत्यु भएको छ । उनको मुटुमा समस्या देखिएपछि मृत्यु भएको बताइएको छ ।

यसरी दिइयो प्रचण्डको परिवारमा विनालाई वैधानिकता !

मलेसियाको स्वास्थ्य मन्त्रालयले उनी विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त देखिए पनि मृत्यु हुनाको कारण जिका भाइरसको मुटुमा सङ्क्रमण नै भएको बताएको छ ।

malasia

यसअघि मलेसियाली एक महिलाले सिङ्गापुरबाट घर फर्किएपछि उक्त रोगका करण ज्यान गुमाएकी थिइन् । उनलाई सिङ्गापुरमा रहँदा जीका भाइरसको सङ्क्रमण भएको दाबी गरिए पनि शनिबार मृत्यु भएका सवाह राज्यका नागरिकको भने स्थानीयस्तरमै रोगको सङ्क्रमण भएपछि मृत्यु भएको जनाइएको छ ।

कसैको स्तन त कसैको हात खुट्टा, भाइरल भएका ८ अनौठा तस्बिर

एडिस नामक लामखुट्टेको टोकाइबाट सर्ने जीका भाइरसको सङ्क्रमण अहिलेसम्म विश्वका ६७ देशमा भेटिएका र विश्वभर करिब २६ लाख मानिसमा यसको खतरामा रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । जिकाबाट ब्राजिल नराम्रोसँग प्रभावित बनेको छ । रासस÷एएफपी

कर्मचारीलाई चेतावनी दिदै प्रचण्डले भने–सिस्टम नमान्नेलाई बर्खास्त गर्छु

स्मरण रहोस मलेसियामा लाखौं नेपालीहरु बैदेशिक रोजगारीमा कार्यरत छन् । नेपालीहरुलाई यो संक्रमण भए नभएको बारे अहिले सम्म कुनै विवरण आएको छैन ।