२९ मंसिर, काठमाडौं । मलेसियास्थित नेपाली राजदूतावासको कार्यालय समय परिवर्त गरिएको छ ।

मलेसिया सरकारले कागजातविहीन वा अवैधानिक भइ मलेसियामा बसेका विदेशी नागरिकलाई आफ्नो देश फिर्ता हुन ल्याएको आममाफी कार्यक्रमको सहजीकरणका लागि कार्यालय समय परिवर्तन गरिएको हो । आममाफी कार्यक्रमका लागि नेपाली नागरिकलाई सहजीकरण गर्नका लागि मंसिर ३० गतेदेखि पुस १५ गतेसम्मका लागि कार्यालय समय परिवर्तन गरिएको राजदूतावासले जनाएको छ ।

परिवर्तित समय अनुसार सोमबारदेखि शुक्रबारसम्म विहान ८ बजेदेखि साँझ ५ बजेसम्म तथा शनिबार र आइतबार विहान १० देखि दिउँसो २ बजेसम्म दूतावास खुला रहनेछ ।