२० साउन, एजेन्सी।

भारतले मदिरा सेवन गरी गाडी चलाउनेलाई १० हजार रुपैयाँसम्म जरिवाना हुने गरी नयाँ कानून ल्याउने तयारी गरेको छ ।

सम्मान जनक सहभागिता नपाए पौडेल पक्ष सरकारमा नजाने

ट्राफिक नियम उल्लंघन गर्नेमाथि जरिवाना रकम बढाउने गरी तयार गरिएको मोटर वाहन संसोधन विधेयकलाई केन्द्र सरकारले स्वीकृति दिएको छ । तिव्र गतिमा गाडी चलाउनेमाथि हुने जरिवाना रकम १ हजार बाट बढाएर ४ हजार रुपैंया पुर्याउने र बिमा नगरी गाडी चलाउनेलाई दुई हजार रुपैंया जरिवाना या तीन महिनाको जेल सजायँ हुने प्रस्ताव गरिएको छ ।

आत्महत्या गर्ने चेतावनी सहित देउवाका नाममा पत्र

हेलमेट नलगाई मोटरसाईकल चलाउने क्रम बढेपछि त्यसलाई रोक्नका लागि त्यस्ता चालकलाई २ हजार रुपैंया जरिवाना र चालक अनुमति पत्र तीन महिनाका लागि निलम्बित गर्ने व्यवस्था गरिएको भारतीय सन्चारमाधयमले जनाएका छन् ।

कुनै नाबालकले गाडी चलाएरर दुर्घटना भएको अवस्थामा गाडीका मालिक वा अभिभावकलाई दोषी ठहर गरि गाडीको दर्ता नै खारेज गरिनेछ । केन्द्रिय यातायात मन्त्री नितिन गड्करीले नयाँ व्यवस्थालाई सडकलाई सुरक्षित गराउन र लाखौं जिन्दगी बचाउने दिशामा ऐतिहासिक कदम भनेका छन् ।