१० भदौ, काठमाडौँ ।

नेपाली काँग्रेसका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको कार्यविभाजन तोकिएको छ ।

मन्त्री बनेपछि गगनको पहिलो निर्णय- हजारौं युवाले मन पराउनेछन्

राष्ट्रपति कार्यालयका अनुसार सीतादेवी यादव शान्ति तथा पुनःनिर्माण, डा. प्रकाशशरण महत परराष्ट्र, अर्जुननरसिंह केसी सहरी विकास, बालकृष्ण खाँण रक्षा, सूर्यमान गुरुङ श्रम तथा रोजगार, जीवनबहादुर शाही संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गगनकुमार थापा स्वास्थ्य तथा जनसङ्ख्या, केशवकुमार बुढाथोकी समान्य प्रशासन, दीपक गिरी सिँचाइ, रोमीगौचन थकाली वाणिज्य, नवीन्द्रराज जोशी उद्योग, हृदयराम थामी सहकारी तथा गरिबी निवारण र शङ्कर भण्डारी वन तथा भू–संरक्षण मन्त्री छन् ।

congress mantri sapath

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहालको समुपस्थितिमा नवनियुक्त मन्त्रीहरुलाई आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराएकी थिइन् । शपथ ग्रहणमा नेकाका सभापति एवम् पूर्वप्रम शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको सहभागिता रहेको थियो ।

ज्वार्इं गगन र ससुरा केसीबीच मन्त्रालय साटिंदाको रोचक कहानी

काँग्रेसका कोषाध्यक्षमा निर्वाचित यादव पहिलोपटक मन्त्री बनेका हुन् । यसैगरी काँग्रेसका केन्द्रीय सदस्य शाही, थापा, गिरी, जोशी, थामी, भण्डारी पहिलोपटक मन्त्री बनेकी हुन् ।

यसअघि केसी, डा. महत, खाँण, गुरुङ, बुढाथोकी र गुरुङले मन्त्री पदको अनुभव सम्हालि सकेका छन् ।

काँग्रेसका तर्फबाट यसअघि उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा विमलेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रमेश लेखकले कार्यभार सम्हालिसकेका छन् । वर्तमान मन्त्रीमण्डलमा काँग्रेसका तर्फबाट १५ जना सहभागी छन् । रासस