४ चैत, एजेन्सी ।

ष्ट इण्डिजका ब्याट्सम्यान क्रिश गेल पुनः चम्किएका छन् । भारतमा जारी टी-२० विश्वकप अन्तर्गत इङ्गलल्याण्ड विरुद्धको खेलमा गेलले करिव करिव एक्लै खेल जिताए ।

गेलको नटआउट शतकीय पारीसँगै विभिन्न किर्तिमान समेत बनेका छन् । मुम्बइमा भएको खेलमा क्रिश गेलले ४७ बलमा १०० रन बनाएपछि खेल सकिन ११ बल बाँकी छँदै वेष्टइन्डिज विजयी भएको थियो ।

Chrish Gyale 1

विश्वकपमा पहिलो खेलमै गेलले शतक प्रहार गरेर टिमलाई विजयी शुरुवात मात्र दिएनन् ११ छक्का र ५ चौका प्रहार गर्दै आँधी बनेर इङ्ग्ल्याण्डलाई उडाए । टी-२० विश्वकपमा एक इनिङमा हानिएको यो नै सबै भन्दा धेरै छक्काको कृतिमान हो ।

Chrish Gyale 2

मुम्बाइबाटै गेलले ९१ छक्का प्रहार गरेका न्युजिल्याण्डका ब्रेन्डम म्याकुलमको कीर्तिमान तोडे । म्याकुलमले ७० पारीमा ९१ छक्का प्रहार गरेको रेकर्ड छ भने भने गेलले ४४ पारीमा ९८ छक्का पुर्‍याएका छन् ।

Chrish Gyale six

४८ बलमा मात्रै खेलका गेलेले नटआउट एक सय रन बनाएका गेलले ४४ बलमा ९८ रन बनाइसकेका थिए । यद्यपी टी-२० विश्वकपमा सबै भन्दा छिटो शतक बनाउने कीर्तिमान बनाउनबाट भने गेल चुके ।

गेलले यस अघि सन् २००७ मा दक्षिण अफ्रिकासँग पनि एकै खेलमा १० छक्का प्रहार गरेका थिए ।

भारत हार्दा पाकिस्तानमा उत्सव, सामाजिक सञ्जालमा हारका जोक

टी-२० विश्वकपः अरुलाई खनेको खाल्डोमा आफै पर्‍यो भारत

को हुन् भारतले हारे नाङ्गिने घोषणा गरेकी पाकिस्तानी मोडल (तस्विर सहित)