५ कात्तिक, एजेन्सी । आफ्नो चाहना पूरा गर्नको लागि मानिसले जीवनमा कडा मेहनत गर्दै पैसा कमाउँछ । जबकी सबैको भाग्यमा यस्तो कहाँ हुन्छ र ? तर ७ वर्षको उमेरमै एक बालकले आफ्नो मेहनतले करोडपति बनेका छन् । उनी धनी व्यक्तिहरुको सूचीमा परेको खबर अमेरिकाको फोर्ब्सले छापेको छ ।

यो बच्चाले कसरी मेहनत गर्दै पैसा कमाउँछ भन्ने तपाईहरुलाई लागिरहेको होला । ७ वर्षीय उक्त बालकले युट्युबमार्फत खेलौनाको रिभ्यू गरेर १ सय करोड रुपैयाँ भन्दा धेरै पैसा कमाइसकेका छन् । खासमा फोर्ब्सले निकालेको युट्युबबाट पैसा कमाउनेहरुको लिस्टमा यसपटक ७ वर्षीया बाल रायनको युट्युब च्यानल पहिलो स्थानमा पुगेको छ ।

रायन टोयज रिभ्यू नामक युट्युब च्यानलको होस्ट ७ वर्षीय रायन हुन् । उनले संसारमा आउने प्रायजसो खेलौनाको रिभ्यू गर्छन् । गतवर्ष फोर्ब्सले निकालेको युट्युब च्यानलबाट धेरै रकम कमाउनेहरुको सूचीमा आठौं स्थानमा रहेका उनी योपटक पहिलो भएका हुन् ।

रायनले युट्युब च्यानलक परिवारको सदस्यसँग मिल्दै उनको रेखदेखको लासिग चलाउने गर्छन् । उनीहरुले १ जुन २०१७ देखि जुन २०१८ को बीचमा करिब २ करोड २० लाख डलर कमाइसकेका छन् ।