२०१५ वर्ष धेरै क्षेत्रको लागि सुनौलो बन्न पग्यो। विज्ञान तथा प्रविधिले पनि २०१५ वर्षमा क्रान्तिकारी उपलब्धिहरू हासिल गरेको तथ्य सबैलाई अवगत नै छ। अन्तरीक्षको क्षेत्रमा पनि अचम्मका अनि रहस्यमय तथ्यहरूको पत्ता लागे। त्यसै गरी आर्किटेक्चर (वास्तुकला संरचना) को हिसाबले हेर्ने हो भने पनि २०१५ मा विश्वका विकसीत देशहरूले ठूला-ठूला योजनाहरू बनाए। २०२० को ओलम्पिकको लागि टोक्योमा रङ्गशालाको निर्माण देखि लिएर इटलीको क्रोनप्लाज पहाडमा ‘अल्पाइन सङ्ग्रहालय’को निर्माण अनि प्यारिसको ‘टावर ट्राएङ्गल’को निर्माणले विश्वभरी नै तहल्का मच्चाएको थियो।

अब यो वर्ष, २०१६ मा विश्वमा कस्ता चमत्कारी निर्माण हुँदैछ, पढ्नुस्।

१. जायेद नेशनल म्युजियम (आबु धाबी)

Zayed National Museum Abu Dhabiयो वर्ष युनाइटेड अरब एमिरेट्स (यूएई)को लागि ऐतिहासिक हुने देखिन्छ। आबु धाबीमा बन्न लागेको जायेद नेशनल म्युजियमको निर्माण त कुनै नौलो कुरा भएन, तर रोचक कुरा यसको डिजाइनमा छ। चराको पँखेटाको आकारमा निर्माण हुन लागेको यो सङ्ग्रहालय निकै आकर्षण अनि नितान्त फरक देखिन्छ। यो संरचनाको डिजाइन प्रिजकर पुरस्कार बिजेता ब्रिटिस आर्किटेक्ट ‘नोर्मन फोस्टर’ले गरेका हुन्।

२. लुभ (आबु धाबी)

Louvre Abu Dhabiयो लुभ (Louvre) पनि सन् २०१६ मै खोलिन लागेको सङ्ग्रहालय हो, जसको डिजाइन फ्रान्सका आर्किटेक्स ‘जिन नौवल (प्रिजकर पुरस्कार बिजेता) गरेका हुन्। यसको आँखीझ्याल छानाले गर्दा छानामुनि हिँड्ने मानिसहरूलाई “प्रकाशको वर्षा’ भएको जस्तो भ्रम पैदा गराउँदछ।

३. वर्ल्ड ट्रेड सेन्टर ट्रान्सपोर्टेसन हब (न्यू योर्क)

World Trade Center Transportation Hubकरीब बाह्र वर्ष अगाडि जब ‘सान्टिएगो क्यालाटाभ्रा’ले ‘वर्ल्ड ट्रेड सेन्टर ट्रान्सपोर्टेसन हब’को योजना बनाए, तब बढ्दो आर्थिक खर्च र अन्य कारणले गर्दा यसको निर्माण हुन सकेको थिएन। तर, अन्ततः यो वर्ष भने स्टेसन खुल्ने जानकारी आएको छ।

क्यालाटाभ्राले यो स्टेसनलाई ‘बच्चाको हातबाट उडेको चरा’को जस्तो आकार प्रदान गरेका छन् र पँखेटाको भागमा वरिपरीलाई हुने गरी बत्ती राखिएको छ।

४. ताओ झु यीन युआन टावर (ताइवान)

Tao Zhu Yin Yuan Towerभिन्सेन्ट क्यालेबाउट एक आर्किवायोटेक्ट हुन्। आर्किवायोटेक्ट भन्नाले वातावरणमैत्री संरचनाको निर्माण भन्ने बुझिन्छ। सन् २०१०मा उनले यो ‘ताओ झु यीन युआन टावर’ (जसलाई एगोरा गार्डेन टावर) को संरचनाको योजना अघि सारेका थिए। घुम्रिएको यो टावर विश्वकै सबैभन्दा वातावरणमैत्री संरचना हो भन्न सकिन्छ, किनभने यो भवनको हरेक तल्लामा आफ्नै बँगैचा र साना रूखको जङ्गल रहेको छ भने त्यहाँ भित्र बस्नेहरूको लागि जैविक फोहोर, प्रयोग गरिएको पानीको पुनःप्रयोगबाट ऊर्जा पैदा गर्ने सुविधा पनि रहेको छ। साथै, पुरै भवनको लागि पुग्ने गरी सोलार ऊर्जा पनि पैदा गर्ने फिचर रहेको छ।

५. ल्याटिन अमेरिकन आर्ट म्युजियम (मायामी, फ्लोरिडा)

Latin American Art Museumफ्लोरिडाको ‘आर्ट बेसल मायामी बिच’ले गर्दा विश्वकै सर्वोत्कृष्ट कला र डिजाइनको केन्द्रविन्दु बन्न पुगेको ‘फ्लोरिडा’ सहरमा एक सुन्दर सङ्ग्रहालयको निर्माण हुँदैछ। करीब ९०,००० वर्ग फिट क्षेत्रफल ओगट्ने यो सङ्ग्रहालयको डिजाइन ‘फर्नान्डो रोमेरो’ले गरेका हुन्, जसमा बहुपत्रीय छत रहने छ जसले गर्दा यो संरचना अति नै सुन्दर देखिने र बाह्य पर्यटकहरूलाई आकर्षण गर्ने रोमेरोको विश्वास रहेको छ।

६. टेट मोडर्न एक्सटेन्सन (लण्डन, इङ्ग्ल्याण्ड)

Tate Modern Extensionयो ‘टेट मोडर्न’ (Tate Modern), लण्डनको समकालीन कला सङ्ग्रहालय हो, ब्याङ्कसाइड पावर स्टेसनमा अवस्थित यो सङ्ग्रहालयको डिजाइनले त्यहाँका बासिन्दाहरूको मन चोरिसकेको छ। तर, स्वीसका प्रिजकर पुरस्कार बिजेता आर्किटेक्ट जोडी ‘हर्जग र डि म्युरन’ले यसलाई सुन्दरताको अर्को चरणमा पुर्याउने योजना रहेको छ।

७. नेशनल म्युजियम अफ अफ्रिकन अमेरिकन हिस्टरी एण्ड कल्चर (वासिङ्गटन डिसी)

National Museum of African American History and Cultureतान्जानियामा जन्मेका ‘डेभिड अज्जाए’ले सन् २०१५ मा ‘आर्ट इन्स्टिच्यूट अफ सिकागो’ र ‘कुपर-हेविट म्युजियम’को निर्माण गरेर इतिहास रचेका थिए, र यो वर्ष पनि उनले वासिङ्गटन डिसीमा ‘नेशनल म्युजियम अफ अफ्रिकन अमेरिकन हिस्टरी एण्ड कल्चर’को निर्माण गर्ने योजना गरेका छन्।

विश्वका अनौठा पुल: पुल माथी गाडी होइन पानीजहाज चल्छ

यो भवनको बाहिरी भित्तामा चरेसको जटिल जाल जस्तो पत्र लगाइनेछ, जसले अफ्रिकाका दासहरूको हस्तकलालाई जनाउँदछ।

८. पिङ्ग आन फाइनान्सियल सेन्टर (सेन्झेन, चीन)

Ping An Financial Centerजब यो भवनको निर्माण सम्पन्न हुनेछ, तब सेन्झेनकै सबैभन्दा अग्लो र विश्वकै चौथो अग्लो भवन हुनेछ। यो संरचनाको डिजाइनको अनुसार यो १०० तलाको हुनेछ।

यो पनि हेर्नुहोस्-

विश्वका सबैभन्दा सुन्दर अनि चर्चित ७ विश्वविद्यालय

विश्वका रंगीचंगी शहर – तस्बिर

विश्वका १० उत्कृष्ट जीवनपद्धती अंगालेका देश

विश्वका १५ अग्ला पुल
तीन भवनको छतमा विश्वकै सबैभन्दा उचाइमा बनेको पौडी पोखरी
विश्वका १० अनौठा इन्जिनियरिङ कार्य