सन् २०१५ मा बलिउड र भारतमा भएको विभिन्न गतिविधिमा केही कलाकारको जमेर चर्चा भयो। अभिनय र फिल्मलाई लिएर चर्चा त हुने नै गर्छ तर केही चर्चा बलिउड बाहेकका सन्दर्भमा पनि भए। फिल्म भन्दा पनि राजनिती र देशको हाललाई लिएर बलिउड कलाकारको चर्चा माथी रह्यो।

आमिर खान

Aamir khan

यो वर्ष सबैभन्दा बढी ध्यान खिच्न सफल रहे बलिउडका सुपरस्टार आमिर खान। देशमा असहिष्णुता बढेको भन्दै उनले दिएको अभिव्यक्तिले निकै खलबली मच्चायो। देशमा यस्तो हालत भयो कि उनकी पत्नीले देश छोड्नेबारेमै बोलिन। त्यसपश्चात आमिर खान माथी जमेर हमला गरियो। केही राजनीतिज्ञले उनको राष्ट्रभक्तिमै प्रश्न उठाए, विरोध गरे, पुत्ला जलाए अनि आमिरलाइ पिट्नेलाई पुरस्कार समेत घोषणा गर्न भ्याए। उनको समर्थनमा पनि कलाकार बोले, उनले भने आफ्नो बयान फिर्ता नलिइ अडिग रहे।

सम्बन्धित सामग्री:

आमिर खान विरुद्ध मुर्दावादका नारा, घर अगाडी प्रदर्शन, मुद्धा समेत हालियो

आमिरलाई झापड हान्न विद्यार्थीले बनाए वेवसाइट

आमिरलाई थप्पड हान्नेले अब चुम्मा गर्दै

आमिर खान विरुद्ध खनिए शिव सेनाका नेता, पिटे बापत एक लाख दिने घोषणा

शाहरुख खान

Shahrukh-Khan1

यहि श्रृङ्खलामा बलिउडका बादशाह शाहरुख पनि अगाडी रहे। आफ्नो ५० औं जन्मदिनमा उनले देशमा असहनशीलता बढेको बयान दिएका थिए। उनले पछिल्लो समय देशमा कट्टरता बढेको बताएका थिए। सरकार र हिन्दु गुरुहरुले शाहरुखको यो कुरा रुचाएनन। कतिले त उनलाइ पाकिस्नात जान समेत भन्न सके। शाहरुख यो कुराले निराश बनी आफैलाई गलत बताउँदै अब देखि केही नबोल्ने बयान जारी गरेका थिए।

सलमान खान

Salman Khan

सन् १९९३ को मुम्बइ धमाकाका आरोपी याकुव मेमनको फासीँमा विवादित बयान दिएर यो वर्ष सलमान खान चर्चामा आए। ट्वीट गरेर याकुब निर्दोष रहेको र उसलाई केवल टाइगर मेमनको भाइ भएकोमा मात्र फासीँ दिन नहुने सलमानले बताएका थिए। उनको यो विचारमा जमेर विरोध भयो अन्तमा उनले सो ट्वीट डिलिट गरे। साथै हिट एन्ड रन आरोपमा लागेको मुद्धाको लागि भने उनलाई सफाइ मिल्यो।

सम्बन्धित सामग्री:

१३ वर्ष पुरानो केसबाट सलमान मुक्त, भए इमोसनल

सलमानलाई ‘पाकिस्तान जा !’ भन्नेलाई पिता सलिम खानको जवाफ

सलमान विरुद्ध प्रदर्शन, पोष्टरमा कालो पोतियो (भिडियो सहित)

सलमान खानले ट्वीटका लागि माफी मागे, ट्वीट समेत डिलिट

कंगना रनावट

Kangana 1

कंगना रनावट भने यो वर्ष फेयरनेस क्रिमको विज्ञापन नखेल्नाले चर्चामा आइन। कलाकारहरु विज्ञापनबाट करौडो रुपैया आर्जन गर्छन। शाहरुख, सलमान, अमिताभ विज्ञापन खेलेरै करौडो आर्जन गर्छन। तर कंगनाले भने फेयरनेस क्रिमको विज्ञापन नखेल्ने भनिन। विज्ञापनले तिललाई पहाड बनाएको भन्दै उनले विज्ञापन खेल्न मानिन। मानिस आश्चर्यमा परे, कि कंगनालाई पैसाको माया छैन र?

अनुष्का शर्मा

anuska 7 up

एक नयाँ परम्परानै चल्यो, फिल्म इन्डस्ट्रीको भित्री कुरा नडराइ सार्वजनिक गरिदिने। सामान्य अवस्थामा कलाकारहरु यस्तो गर्न चाहदैन, सोच्छन कि यसो गरेपश्चात फिल्म इन्डस्ट्रीमा काम पाउन मुस्किल हुन्छ। यो डरबाट माथी उठेर बिराट कोहलीकी गर्लफ्रेन्डको नामले समेत निकै चर्चा बटुलेकी नायिका अनुष्का शर्माले खुलेर भन्दिइन कि इन्डस्ट्रीमा अझै लिंगभेद छ। उनले भनेकी थिइन, ‘अहिले पनि नायिकालाइ नायकको तुलनामा प्राथमिकता दिइने गरिन्छ, चाहे त्यो पारिश्रमिकको कुरामा होस् या होटलको कोठामा’।

दिपिका पादुकोण

Deepika padokone cute and hot (1)

नायिका दिपिका पादुकोण यो वर्ष दुइ फरक-फरक कुरालाई लिएर विवादमा तानिइन। पहिलो, एक अंग्रेजी समाचार पत्रमा आएको समाचार प्रति प्रतिक्रिया दिएर दोस्रोमा एक डकुमेन्ट्री फिल्मको कारण।

पहिलो मामलामा उनले साहसिक कदम उठाउँदै अखबारको खबरको कटाक्ष गरिन जुनमा निजी अंगको प्रदर्शनको बारेमा छापिएको थियो।

दोस्रो मामलामा उनले ‘माइ च्वाइस’ भिडियो को मद्धतले महिला सशक्तिकरणको कोसिस गरेकी थिइन। तर यसमा उनको जमेर आलोचना भयो।

यो पनि पढ्नुस्।

सन्नी लियोन फेरि पनि १ नम्बरमा, मोदी १० औं स्थानमा धकेलिए

पूर्वप्रेमिकाको कारण रणवीर कपुरको सम्बन्ध धरापमा

१७५ करोडमा बनेको ‘दिलवाले’ले रकर्ड नतोड्ने अनुमान

बलिउडमा महिला कलाकारलाई गलत व्यवहार गरिन्छः कंगना

को को सँग अफेयरमा रहिन अनुष्का …