प्रयास पराजुली
अरुलाई गाली गरेर आफू राम्रो होइदैन । तर नेपालको राजनीतिमा गाली गरेरै नेता हुने होड नै चलेको छ । राजनीतिमा आफ्नो विचार र भिजन दिने भन्दा पनि आलोचना गर्ने र आरोप–प्रत्यारोप पर्ने प्रतिस्पर्धा नै चलेको छ । देशको समग्र नीतिको नेतृत्व राजनीतिले नै गर्छ । अहिले राजनीतिलाई फोहोरी खेल हो भनेर धेरै पन्छिने गर्छन । तर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मानिस राजनीतिसँग जोडिएको छन् ।

राजनीति सुर्धान भनेर प्रवेश गर्नेहरु नै विग्रने गरेका छन् । सबै मिले विग्रिएको राजनीतिलाई सुधार गर्न सकिन्छ । उर्जा मन्त्री जनार्दन शर्माले मन्त्री भएको छ महिनामा देशमा लोडसेडिङमुक्त बनाउन सके । उर्जावान र क्षमतावान राजनीतिक नेता भए सुधार गर्न सकिन्छ भन्ने उदाहरण स्वास्थ्य मन्त्री गगन थापाले पेश गरेका छन् ।

सकारात्मक सोच राख्ने र भिजन सहित काम गर्ने हो भने परिणाम निकाल्न सकिन्छ । शर्मा र थापाले धमाधम काम गरे । कुनै पनि राजनीतिक दलको विरोध गरेनन् । कुनै व्यक्ति विशेषको आलोचना गरेनन् ।

अहिले रानजीतिक दलहरुको बीचमा पनि आरोप–प्रत्यारोप गर्ने प्रचलन बढेको छ । युवा पुस्ताले राजनीतिप्रति वितृष्णा व्यक्त गरेपनि युवाहरुको आर्कषण राजनीतिप्रति घटेको छैन् । बढेको छ । धमिलिएको राजनीतिलाई सुद्धिकरण गर्नको लागि पनि राजनीतिमा युवाहरुको सहभागीता अपरिहार्य आवश्यकता छ । पछिल्लो समयमा विवेकशील नेपाली दलमा लागेर चर्चामा आएकी रञ्जु दर्शना निकै चर्चामा रहिन ।

२१ बर्षको उमेरमै काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी पनि दिएकी छिन् । उनी अहिले चुनावी मैदानमा खटिएकी छिन् ।

उनला‌ई युवा पुस्ताले मन पनि पराए । तर विवेकशील पार्टीको विवेकले धेरै दिन भरथेक गर्न सकेन । दर्शनाको राजनीतिक यात्रा छोटो समयमा चुलिए पनि तासको घरजस्तै भएको छ । दर्शनाको विरुद्धमा सामाजिक सञ्जालमा व्यापाक रुपमा आलोचना सुरु भएको छ । विवेकशील पार्टीका नेताको विवक शुन्य हुँदा र गालीगलोजमा उत्रिता दर्शनाले निर्वाचनको मुखमै क्रमश: जनताको तिरस्कार र वितृष्णाको सामना गर्नुपर्ने ठाउँमा आइपुगेकी छिन् ।

विवेकशील पार्टीको विवकहिनता

राजनीतिमा आवेश होइन धैर्यताको खाँचो पर्छ । राजनीतिमा उत्तेजनाले काम गर्दैन । संयमताको जरुरी हुन्छ । जीवनभर गरेको राम्रो काम पनि राजनीतिमा गरिने एउटै सानो गल्तीले बदनाम बनाउँछ । रञ्जु दर्शनाले प्रधानन्यायाधीश सुशीला कार्कीको विरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको विरुद्धमा सडकमा गरेको भाषणले सर्वत्र आलोचना भएको छ । विवेकशील पार्टीको नेता भएपनि विवेक प्रदर्शन गर्नुको सट्टा उनले आवेश र उत्तेजनामा आएर गरेको भाषणले स्वयं दर्शनाको कद घटाएको छ । देउवा र प्रचण्डलाई उनले गाली गर्ने शैली र तौरतरिका हेर्ने हो भने उनमा विवेकहिनता देखाउँछ ।

छुद्र बोली अभ्रद व्यवहार
राजनीतिमा आफ्नो विवेक भन्दा पनि अरुको उछितो काढेर राजनीति गर्ने खेती निकै मौलाएको छ । आफ्नो स्पष्ट दृष्टिकोण अगाडि सार्न नसक्ने तर विपक्षीको चर्को आलोचना मात्र नेता बन्न सकिन्छ भन्ने मान्यता छ । यो सरासर गलत हो ।

छुद्र बोली र अभद्र व्यवहार मार्फत राजनीतिको मैदानमा देखा पर्नेहरु धेरै दिन टिक्न सक्दैनन् । के अभिव्यक्ति दिदा के पर्छ भन्ने सामान्य हेक्का पनि राख्न नसक्ने रञ्जु दर्शना कसरी नेता बन्न सक्छिन ? यदी भोली महानगरपालिको मेयर भए उनीबाट राजधानीवासीले के आशा र अपेक्षा गर्ने । उनीबाट कार्यकर्ता र जनताले के सिक्ने ? यही अराजक भाषण ? असभ्य अभिव्यक्ति ?

दर्शनाको राजनीतिक यात्रा लुडो खेलजस्तै
लुडो खेलमा भर्याङ र सर्प एक साथ हुन्छ । भर्याङ चढ्नेको छिट्टै गेम हुन्छ । लुडोको गोटी सर्पमा परे माथि जानुको सट्टा तल झर्छ । लुडो खेलमा निकै उत्तार चढाव मार्फत गेम हुन्छ । यतिसम्म कि धेरै सर्पको सामना गर्दै ९८ पुगेर पनि दुई अकंमा पुग्छ । तब जित्ने आशा अझै कम हुन्छ । लुडो खेलजस्तै दर्शना भर्याङ चढ्दै एकै पटक ९८ मा त पुगिन । तर एक सय पुग्न दुई अंक बाँकी रहदै सीमित भएकी छिन् ।

अहिलेसम्म भत्काउने राजनीति मात्र भयो अब बनाउने राजनीति गर्ने अठोठ व्यक्त गरेकी रञ्जु दर्शना पनि गालीगलोज गर्ने र आरोप प्रत्यारोप गर्ने राजनीतिबाट मुक्त हुन सकिनन् ।

यस्तो छ रञ्जु दर्शनाको अभिव्यक्ति
रञ्जुले आफ्नो धैर्यता र विवेक गुमाउदै सर्वोच्चमा भ्रष्टचारको विरुद्ध परेको फाइल नपल्टिए सडकबाट पल्टाउने चेतावनी दिएकी छिन् । उनले प्रधानन्यायाधीश सुशील कार्कीले भ्रष्टाचारको विरुद्ध फाइल पल्टाउँदा शेरबहादुर र प्रचण्डज्यु थरथर कापेर रातारात महाअभियोग लगाएको बताएकी छिन् । उनले निकै आक्रमण भाषणमा भनेकी छिन–‘लोकतन्त्र संस्थागत गरौ भन्ने शेरबहादुर आज स्यालबहादुर र मुसा बहादुर भएका छन् । पुष्पकमल आज फुस्सकमल भएका छन् ।’