१८ माघ, एजेन्सी।

सिरियामा इस्लामिक स्टेट विरुद्ध लडिरहेको शक्ति राष्ट्र रसियाले सिरियामा नयाँ युद्धक विमान पहिलो पटक उतार्ने भएको छ। रसियानको ‘ब्राण्ड न्यु’ सुखोइ-३५एस ले सिरियाको आकाशमा आफ्नो शक्तिको परिक्षण गर्न लागेको हो।

Su-35S multirole fighters

रसियाको समाचारपत्रले सैनिक स्रोतलाई उल्लेख गर्दै यस्तो खबर दिएको हो। केही दिन अघिनै यो लडाकु विमान लताकिया नजिक रहेको रसियन सेनाको सैन्य आधारक्षेत्रमा पठाइसकिएको छ ।

पढ्नुस: तेस्रो विश्वयुद्ध भइहाले यी कारणले जित्छ रुसले

सुखोइ ३५एस चौथो पुस्ताको आधुनिक लडाकु विमान हो। यसलाई निकै शक्तिशाली मानिएको छ । सुखोइ-३५ एसलाई सुखोइ-२७ माथि व्यापक सुधार गरेर निर्माण गरिएको हो।

सुखोइ ३५ एसले हावाबाट हावाबाट हान्ने, हावाबाट जमिनमा प्रहार गर्ने लामो दुरीका मिसाइल बोक्न सक्दछ। धेरै वर्षसम्म पनि यो विमान सैन्य विश्लेषकहरुलाई रहस्यको विषय बनेको थियो।

मल्टिरोल फाइटरका रुपमा परिचित यो लडाकु विमानले आकाशमै ३० वटा भन्दा टार्गेट पत्ता लगाउन सक्दछ भने जमिनबाट पनि ४ वटा टार्गेट पहिचान गरि हमला गर्न सक्दछ ।

सुखोइ -३५ एसलाई धेरै देशले रसियाबाट किन्न चाहेका छन्। शक्तिशाली मानिएको चीनले नै रसियाबाट यही लडाकु विमान किन्न २ बिलियन अमेरिकी डलरको सम्झौता गरिसकेको छ।

यो पनि पढ्नुस्।

अर्को रुसी विमानले टर्कीको वायु क्षेत्र हस्तक्षेप गर्यो: टर्की

सिरिया युद्ध: रुसको अत्याधुनिक उपकरणले पश्चिम र इजरायललाई दिएको झड्का

पुटिन भष्ट्र भएको प्रमाण देखाउन अमेरिकालाई रुसको चुनौती

साउदी अरेवियालाई ढुङ्गे युगमा फर्काइदिने रुसको चेतावनी