१५ फागुन, बिराटनगर ।

राप्रपा नेपालका अध्यक्ष तथा परराष्ट्र मन्त्री कमल थापाले आफु हटेर राजनैतिक समिती मजबुद र सक्रिय बन्छ भने आफु हट्न तयार रहेको बताएका छन् ।

फाइल तस्बिर

फाइल तस्बिर

बिराटनगर विमानस्थलमा संञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले केहिदिन भित्रै आन्दोलनरत दलका उच्चस्थ नेताहरुसँग कुरा गरेर समिती सक्रिय बन्ने समेत बताए । प्रधानमन्त्रीको भारत भ्रमणले दुइदेश बिच चिसिएको सम्बन्ध पुनः सुधारभएको समेत उनले बताए ।

प्रधानमन्त्रीको भारत भ्रमणले नेपाल र भारत बिचको सम्बन्ध सुधार संगै काकडभिट्टा देखि फुलबारीसम्म नेपाली नंम्बर प्लेटका सवारीसाधनहरु जान पाउने, बिद्युत उत्पादनमा लगानी, हुलाकिमार्ग निर्माणमा ठोस सहमती र बिदेशको सम्बन्धमा महत्वपुर्ण सम्झौता भएको समेत उनले बताए ।

उनले स्थानिय निर्वाचन को तयारी भइरहेकाले आवश्यक पर्ने २ वटा ऐनलाइ संम्सोधन गर्ने तयारी भइरहेको बताए । नेपाली काँग्रेसका महाधिवेशन सकिनसाथ स्थानिय निकायको चुनाव गराउने उनको धारणा थियो ।

संसदको चुनाव नभएसम्म अहिलेको सरकार कायम रहने उनको दावी छ।

यो पनि पढ्नुस्।

ओलीको सय चोट मोदीको एकै चोट

चीन सहित तीन देशलाइ शक्ति देखाउन अमेरिकाको अन्तरमहादेशिय मिसाइल परिक्षण

मधेसी मोर्चाभित्र ओलीकै खोजी