१५ चैत, सुनसरी । सुनसरी सदरमुकाम इनरुवाका युवाले निःशुल्क रुपमा घरघरमा तरकारी आपूर्ति अभियान शुरुआत गरेका छन् ।

लकडाउनको पालना गर्दा छाक टार्न समस्यामा परेका गरीब, असहाय र विपन्न परिवारलाई लक्ष्य गरी इनरुवाका दीपेश ढकाल, विवश पण्डित र प्रमेश पौडेलसहितका युवाले निःशुल्क तरकारी पु¥याउने अभियान शुरु गरेका हुन् ।

व्यक्तिगत रकम जम्मा गरी समस्यामा परेका परिवारलाई छाक टार्ने उद्येश्यले युवाको समूहले निःशुल्क रुपमा घरघरमा तरकारी पु¥याउने अभियान चलाएको य ढकालले बताए ।

अभियान सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय सुनसरी र सुनसरी प्रहरीले अनुमतिसमेत प्रदान गरेका छन् ।