२३ चैत, एजेन्सी ।

फिल्मी संसारबाट केही समयका लागि ब्रेक लिएर बलिउड अभिनेत्री सन्नी लियोन एक पटक फेरि विद्यालयमा भर्ना भएकी छिन् ।

हिजोआज सन्नी लियोन अमेरिकाको लस एञ्जल्समा छिन् र उनले फिल्म लेखन तथा सम्पादनको कोर्समा आफना्े नाम भर्ना गराएकी छिन् । सन्नी लियोन अन्तिम पटक शाहरुख खानको फिल्म ‘रईस’को ‘लैला मै. लैला’मा देखिएकी थिइन् ।

फिल्मबारे बिशेष र राम्ररी बुझ्नका लागि सन्नी यी कोर्स गर्न चाहेको बताएकी छिन् । फिल्मबारे धेरै कुराको ज्ञान हासिल गरेपछि फर्कने सन्नीले बताएकी छिन् ।

यो पढ्नुस्।
श्रद्धा कपूरका लागि फरहान अख्तर र आदित्य रोयको झगडा
श्रीमानसँग सनी लियोनको हट पोज