बिसौं शताब्दीको सबैभन्दा खतरनाक र उत्कृष्ट मानिने राइफल एके-४७ सेनाले भन्दा अवैध संगठनहरुले अधिक प्रयोग गर्ने गर्दछन्। यसैकारणले आफ्नै देशको कम्पनीले बनाउने गरेको एके-४७ लाई रुसले देशमा आधिकारिक रुपमै प्रयोग गर्न नपाउने नियम बनाएको छ। विश्वमा एके-४७ बाहेक अन्य यस्ता बन्दुक पनि छन्, जुन विश्वकै सबैभन्दा शक्तिशाली बन्दुकको सूचीमा पर्दछन्। प्रस्तुत छ विश्वकै सबैभन्दा शक्तिशली ७ बन्दुक:

Top 7 powerful guns (1)नाम- डीएसआर प्रिसिजन 50 स्नाइपर राइफल
सुटिंग रेञ्ज- 1500 मिटर भन्दा बढी (ब्लास्ट कम्पेन्सेटरको साथ)
विशेष कुरा- जर्मनीमा बन्ने यो बन्दुकलाई विश्वकै सबैभन्दा खतरनाक बन्दुक मानिन्छ। जर्मन आर्मीका ‘शार्प सुटर’, यूरोपियन स्पेशल फोर्से यो बन्दुकको प्रयोग गर्दछन्। यो बन्दुकमा .308 विंस्टर, .300विंस्टर मैग्नम र .338 लापुआ मैग्नम बुलेटको प्रयोग हुन्छ।

Top 7 powerful guns (7)
नाम- यूजी सब मेशिन गन
सुटिंग रेञ्ज – 200 देखि 400 मिटर
विशेष कुरा: इजरायलको सेनाले बनाएको यो सब मेशिन गन थुप्रै देशका सेनाले प्रयोग गर्छन। यो गनले एक मिनेटमा ६०० राउन्ड गोली फायर गर्न सक्छ। यसमा ९x१९mm प्याराबेलम, .२२LR, .४५ ACP बुलेटको प्रयोग गरिन्छ।

Top 7 powerful guns (6)

नाम- AK – 47 राइफल
सुटिंग रेञ्ज- 350 देखि 800 मिटर
विशेष कुरा: रुसको क्लाशिनकोभ कम्पनीले बनाउने गरेको यो राइफल विश्वकै सबैभन्दा चर्चित राइफल हो। यसले १ मिनेटमा ६०० राउन्ड भन्दा बढी फायर गर्न सक्छ।

Top 7 powerful guns (5)

नाम- XM- 307 एडवांस्ड क्रू वेपन
सुटिंग रेञ्ज- 2000 मिटर
विशेष कुरा: यो मेसिन गन ‘लाइट वेट मुभेवल’ मेशिन गन हो। अर्थात हलुको अनि दिशा परिवर्तन गरि हान्न मिल्ने यो मेशिन गन लाई हेलिक्प्टर, ट्याङ्क, पानीजहाज, अनि जमिनबाट प्रयोग गर्ने गरिन्छ। यसले एक मिनेटमा २५० राउन्ड फायर गर्न सक्छ।

Top 7 powerful guns (4)

नाम- MG3 मेशिन गन
सुटिंग रेञ्ज- 800 देखि 1200 मिटर
विशेष कुरा: जर्मनीमा बनेको यो मेशिन गन दोस्रो विश्व युद्धमा प्रयोग भएको MG42 को मोडिफाइड भर्जन हो। यसले एक मिनेटमा १३०० राउन्ड फायर गर्न सक्छ। अमेरिका, युरोप समेत एशियाका लगभग ३० देशले यो मेशिन गन प्रयोग गर्छन।

Top 7 powerful guns (3)

नाम- FN F2000 असल्ट राइफल
सुटिंग रेञ्ज- 500 मिटर
बिशेष कुरा: बेल्जियमको चर्चित हतियार बनाउने कम्पनी एफएन हरस्टलले यो राइफल बनाएको थियो। यो ग्यास अपरेटेड फुल्ली अटोमेटेड राइफल हो, जसले एक मिनेटमा ८५० राउन्ड फायर गर्नसक्छ।

Top 7 powerful guns (2)

नाम- हेकलर एन्ड कोच HK416
सुटिंग रेञ्ज- 400 मिटर
विशेष कुरा: जर्मन कम्पनी हेकलर एन्ड कोचले बनाएको यो बन्दुकले एक मिनेटमा ७०० देखि ९०० राउन्ड फायर गर्नसक्छ। अमेरिकाको डेल्टा फोर्स, ब्रिटिस आर्मी, ब्राजील फेडरल पुलिस, अष्ट्रेलियन डिफेन्स फोर्स समेत केही देशका सेनाले यो राइफल प्रयोग गर्छन।

यो पनि पढ्नुस्।

संसारको सबैभन्दा शक्तिशाली सेना भएको ९ देश

सबैभन्दा ठुलो सेना भएको चीनले विश्व सामु देखायो आफ्नो शक्ति (तस्बिर सहित)

युद्धको समयमा अमेरिकी सेनाको रोमान्स – फोटो फिचर

भारतसंग भएको ५ घातक तथा प्रभावशाली हतियार