ब्रिटिस पाउण्ड विश्वकै सबैभन्दा महंगो मुद्रा हो। तर यो भन्दा महंगो मुद्रा छ, बिटक्वेन। यसलाई गुप्त मुद्रा पनि भनिन्छ। यो एक डिजिटल मुद्रा हो। यो मुद्रा कुनै कानुनी दायरा भित्र पर्दैन। तर यसको प्रयोग बिना ब्याङ्क लेनदेन गर्न, पैसा ट्रान्सफर गर्न, इन्टरनेटमा ट्रान्ज्याक्सन, अनलाइन सपिङ र गैरकानुनी ट्रान्ज्याक्सन को लागि हुन्छ।Bitcoin (4)

के हो बिटक्वेइन?

बिटक्वेइन इलेक्ट्रोनिक्स रुपमै बनाइन्छ, अनि यही रुपमै राखिन्छ। कुनै देशको सरकारको यो मुद्रामा नियन्त्रण हुदैन। रुपैया या डलर झै यो मुद्राको छपाइ हुदैन। कम्प्युटरको मद्धतले बनाइन्छ अनि अनलाइनमै कारोबार हुन्छ। साथै सामान्य पैसाले पनि बिटक्वेइन किन्न सकिने हुन्छ।

गुप्त मुद्राBitcoin (1)

अनलाईन कारोबारको लागि बिटक्वेइन बनाइएको थियो। यसलाइ डिजिटल वा ‘गुप्त मुद्रा’ पनि भनिन्छ। यसलाई व्यवस्थित गर्ने कुनै केन्द्रिकित निकाय छैन। गुप्त कोडिङ गरेर मानिसहरु आफ्नो लागि आफै यो मुद्रा जम्मा पार्छन् अनि खर्च गर्छन्। मुद्रा जम्मा पार्ने कामलाई ‘माइनिंग’ भनिन्छ। एक ठाँउबाट अर्को ठाँउमा बिटक्वेइ पठाउँदा चार्ज पनि लाग्ने गर्छ तर क्रेडिट कार्डको तुलनामा यो चार्ज निकै कम हुन्छ। तर ठिक उल्टो, यसमा पैसा पाउनेले चार्ज तिर्नुपर्छ।

किन हुन्छ बिटक्वेइनको प्रयोग?Bitcoin (2)

पैसा ट्रान्सफर, इन्टरनेटमा सीधा लेनदेन, सामान किन्न अनि गैरकानुनी खरीद-बिक्रि गर्न यसको प्रयोग हुन्छ। बिटक्वेनलाई लिएर बिभिन्न विवाद पनि आउने गरेको छ। यसको मुल्यमा हुने पनि उतार चढाव आउने गर्छ। बिटक्वेन मुद्रालाई कुनै केन्द्रिय ब्याङ्कले नियन्त्रण गर्न सक्दैन। यसबाट हुने लेनदेन कोकोसंग भयो थाह लगाउनु निकै मुस्किम काम हो।

के छ यसको विशेषत?

डलरले झै यसको प्रयोग अनलाईनमा खरिद बिक्रि गर्न गरिन्छ। यसको सबैभन्दा फरक विशेषता भनेको यो विकेन्द्रित हुन्छ अर्थात यसको नेटवर्क कुनै संस्थाको नियन्त्रणमा हुदैन।

कसरी बन्छ बिटक्वेन?Bitcoin (3)

यसको कुनै छपाइ हुदैन। पैसा झै हातमा लिन मिल्ने वा बोकेर हिड्न मिल्ने हुदैन। कुनै ‘डिस्ट्रिब्युटेड नेटवर्क’ मा कम्युटरको शक्ति प्रयोग गरेरै यसलाई डिजिटल तरिकाले ‘माइन’ गरिन्छ (बनाइन्छ)। सोही नेटवर्क यो मुद्राको ट्रान्ज्याक्सनलाई पनि प्रोसेस गर्छ, अर्थात सोही नेटवर्कबाट नै पैसा बाहिर ट्रान्सफर गरिन्छ। यसको निर्माण एक यस्तो समुदाय वा समुहले गर्छ जसमा अन्य पनि जोडिन सक्छन्। तर यसको मतलब यो असिमित संङ्ख्यामा बनाउन सकिन्छ भन्ने होइन। यसको आफै नियम छ, एक पटकमा बढीमा २१० लाख बिट क्वाइन मात्र बनाउन सकिन्छ।

किन सबैबन्दा महंगो मुद्रा भयो?

करिब तीन वर्ष पहिलेमात्र अस्तित्वमा आएको बिटक्वेइन विश्वकै सबैभनदा महंगो मुद्रा हो। एक बिटक्वेइनको मुल्य करिब २३० डलर हुन आउँछ।

डिजिटल मुद्रा बिटक्वेइनको बढ्दो लोकप्रियताले भने नियम बनाउने निकायलाई नै ठुलो चिन्तामा पारेको छ। धोका अनि आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरुले बिटक्वेनको दुरुपयोग गर्ने आशंका त झनै बढी छ।