१४ बैसाख।

दुइ ठुला टेक्टोनिक प्लेटको ठक्करबाट बनेको सर्बोच्च शिखर लगायतका श्रिङ्खला नै छ नेपालमा। बर्षेनी धेरै भुकम्प पनि गइरहन्छ यहि टेक्टोनिक प्लेटहरु सर्दा। यस्तैमा ८० बर्ष यता शनिबार दिउसो गएको भुकम्पले देशको धेरै क्षेत्र प्रभावित भयो।
७.९ रेक्टर स्केलको यो भुकम्पमा २० वटा थर्मोन्युक्लियर हाइड्रोजन बम बराबर शक्तिको रहेको बताइन्छ। हिरोसिमामा पड्किएको आणविक बम भन्दा २० गुणा शक्तिशाली यो भुकम्पको केन्द्र नेपालकै सबैभन्दा बढी जनसंङ्ख्या भएको काठमाडौको करिब ६५ किलोमिटर टाढा मात्रा थियो।

Nepal earthwuake 3

भुकम्प पश्चातका पराकम्प पनि जानेक्रम जारी नै छ, जुन समयसंगै कम शक्तिशाली हुदै पनि जान्छन् र ढिलो ढिलो गरि बिस्तारै साम्य पनि हुन्छन। तर पहिले भुकम्पले धरासायी बनाएका घरहरु ढल्ने खतरा भने रहन्छ पराकम्पले, त्यसैले सावधानी भने अपनाउनु पर्ने हुन्छ।

यी टेक्टोनिक प्लेटहरुको एक आपसको घर्षणले पैदा हुन्छ यस्तो शक्ति अनि भुकम्पको रुपमा बाहिर आउछ उक्त शक्ति। यो भुकम्पले जति क्षति गर्यो त्यो भन्दा बढि गर्ने शक्ति थियो यो संग तर अधिकांस क्षेत्रमा भित्र चट्टानी भुभाग भएको हुँदा त्यसो हुन भने पाएन।

dropcoverholdon

भुकम्प संगै मानिसमा पैदा हुने मानसिक त्रास अनि फैलिएको हल्लाको कारण मन अशान्त पक्का हुन्छ तर हल्लामा विश्वास नगरौ, धैर्य गरौ। सावधानी भने अपनाऔं। परिवारका सदस्यहरु सबै सकेसम्मसंगै नै हुदा डरकम हुन्छ। बिनाआधार हल्लामा विश्वास गरेर आत्तिने नगरौ, सुरक्षित बसौ। भुकम्पको झड्काहरु बिस्तारै कम हुन्छन।