३२ साउन, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सहिद तथा बेपत्ता योद्धाका परिवारले सामूहिक भेट गरेका छन् ।

विश्वका कुख्यात ६ तानशाहका छोरा छोरीले के के गरे (फिचर)

मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्रीले सहिद तथा बेपत्ता परिवारलाई राहत दिने एवं शान्ति प्रक्रियाका बाँकी काम पुरा गराउन आफ्नो ध्यान रहेको बताए ।

prachanda with sahid pariwar

प्रधानमन्त्रीले भने, ‘जनयुद्धका सहिदहरुलाई राज्यबाट सहिद घोषणा गर्ने र १० लाख दिने निर्णय म पहिलोपटक प्रधानमन्त्री हुँदा गरेको पहिलो निर्णय थियो । अहिले दोस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि बाँकी ५ लाख दिने पहिलो निर्णय गरेको छु । सहिद तथा बेपत्ता योद्धा परिवारप्रति अहिलेको समयमा राज्यले के गर्न सक्छ, त्यसमा गर्न सकिने अधिकतम् प्रयास गर्नेछु ।’

बैदेशिक रोजगारीमा गएका नेपाली कामदारको पूर्ण सुरक्षा हुनुपर्छ – प्रचण्ड

प्रधानमन्त्रीले थपे, ‘मेरै नेतृत्वमा जनयुद्ध भयो, त्यति ठूलो बलिदान भयो, मैले आफूलाई त्यसबाट अलग राख्न सक्दिनँ । तपाईंहरुको पीडामा मल्हमपट्टी लगाउन र शान्ति प्रक्रियाका बाँकी काम सफल पार्न कोशिस हुन्छ, यसमा मलाई तपाईहरुको साथ र सहयोग हुने विश्वास लिएको छु ।’

बलिउड अभिनेत्रीको नग्न सिन भाइरल

भेटमा सहिद तथा बेपत्ता योद्धाका परिवारहरुले बेपत्ताहरुको अवस्था सार्वजनिक गर्न, जनयुद्धका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न, सहिद परिचय पत्रको व्यवस्था गर्न, शान्ति प्रक्रियाका बाँकी कामहरु टुंगो लगाउन प्रधानमन्त्रीसँग अनुरोध गरेका थिए ।