२० कात्तिक, एजेन्सी । चिनियाँ प्रविधि कम्पनी शाउमीले १०८ मेगापिक्सलको क्यामेराजडित मोबाइल फोन सार्वजनिक गरेको छ । हाइरिजोल्युसन सेन्सर दक्षिण कोरियाली कम्पनी सामसङले विकास गरेको भए पनि उसकै आफ्नो उत्पादनमा भने यो (फिचर) राखिसकेको छैन ।

चिनियाँ कम्पनीका अनुसार उक्त फिचरले (अत्यधिक मात्रामा स्पष्ट तस्बिर) कैद गर्ने क्षमता राख्छ । तर एउटा परीक्षणले भने उक्त फोनबाट खिचिएका तस्बिरमा कम रिजोल्युसन भएका फोनभन्दा बढी डिजिटल विकृतिहरू समावेश हुने देखाएको छ ।

‘एमआइ सीसी ९ प्रो प्रिमियम’ नामक फोन हालका लागि चिनियाँ बजारमा मात्र उपलब्ध हुने बीबीसीले जनाएको छ । ह्वावेईका मोबाइल फोन विक्री ४० प्रतिशतले घट्यो तर शाउमीले उक्त प्रविधि बुधवार सार्वजनिक गरिने एमआइ नोट १० मा समावेश गर्ने बताएको छ ।

चीनमा मात्र पाइने फोनको मूल्य स्टोरेजको आधारमा ४ सय देखि ४ सय डलरसम्म पर्नेछ । ६ जिबी र्‍याम र १२८ जिबी स्टोरज भएको फोनलाई ४ सय अमेरिकी डलर र ८ जिबी र्‍याम र २५६ जिबी स्टोरज भएको फोनलाई ५ सय अमेरिकी डलर पर्नेछ ।

अनुसन्धान गर्ने कम्पनी क्यानलिजका अनुसार शाउमी हाल विक्रीका हिसाबले विश्वकै चौथो ठूलो स्मार्टफोन उत्पादक हो । युरोपमा उक्त फोनको विक्री तीव्र रूपमा फैलिँदैछ र सन् २०२० मा जापानमा समेत बजार विस्तार गर्ने कम्पनीले घोषणा गरिसकेको छ ।

हालसम्म १०० मेगापिक्सलभन्दा बढीको सेन्सर मध्यम स्तरका डिजिटल क्यामेरामा प्रयोग गरिन्थ्यो जसको मूल्य हजारौँ पाउन्ड पर्न सक्छ । गुणस्तर राम्रो हुने भए पनि उक्त १०८ मेगा पिक्सेल सेन्सरद्वारा खिचिएको तस्बिरले फोनको स्टोरेजमा प्रभाव पार्नेछ । त्यस्तै ती तस्बिर सम्पादन गर्न बढी शक्ति लाग्नेछ ।