२२ माघ, एजेन्सी । भारतको उत्तरप्रदेशस्थित बारबंकी जिल्लामा सामान्य घरायसी विवादमा युवकले आफ्नै श्रीमतीको हत्या गरेका छन् । श्रीमतीको हत्या गरेपछि उनी टाउको बोकेर प्रहरी चौकी गएका छन् । युवकलाई देखेर प्रहरी पनि चकित परेका थिए ।

अभिलेख राउत नाम युवकले श्रीमतीको शव लिएर प्रहरी चौकीमा छिर्न खोजेपछि प्रहरीले उनलाई रोकेका थिए । उनका हातबाट श्रीमतीको टाउको लिन खोज्दा उनले राष्ट्रिय गान गाउँदै ‘भारत माता की जय’को नारा लगाएका थिए ।

प्रहरीले धेरै बेरको कोसिसपछि युवकको हातबाट उनको श्रीमतीको टाउको छुटाएको थियो । युवकको हातक काटेको शिर देखेर प्रहरी पनि आत्तिएको थियो । स्थानीय प्रहरी अधिकारीले सामान्य विवादले उग्र रुप लिएको बताउँदै प्रहरीले घटनाको अनुसन्धानमा जुटेको जानकारी दिए ।

प्रहरीले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । युवकको छिमेकीका अनुसार हरेक दिनजसो श्रीमानश्रीमतीबीच झगडा भइरहन्थ्यो । उनीहरुको झगडालाई परिवारले पनि पतिपत्नीको झगडा भन्दै सामान्य रुपमा लिने गरेका थिए ।