१६ मंसिर, बीरगञ्ज ।

तराई मधेश लोकतान्त्रिक पार्टीका सह अध्यक्ष हृदेश त्रिपाठीले संविधान प्रति देखिएको मतभेद अन्तय गर्न विभिन्न ८८ संशोधन गर्नुपर्ने बताएका छन् ।

एमालेको कारण लोकमान विरुद्धको महाअभियोग प्रस्ताव धरापमा !

वीरगंजको होटल मकालुमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सह–अध्यक्ष त्रिपाठीले भने, ‘यो मधेसी र आदिबासिको मात्रै होईन यो संविधान कार्यन्वयन गर्नको लागि ८८ वटा संशोधन गर्नुपर्दछ ।’

Ridesh Tripathi talking

संशोधनको लागि सरकार डराउनु नपर्ने भन्दै उनले विज्ञानको नियमले पनि जुन बस्तु लचिलो हुन्छ त्यो बढी टिकाऊ हुने भएकाले संविधानमा पनि लचिलो भएर संशोधन गर्नुपर्ने उनको तर्क छ ।

बामदेवको प्रश्न- प्रधानमन्त्रीले यसो भन्न मिल्छ ?

राज्य शक्तिमा रहेका व्यक्तिहरुको एकलौटी निर्णय लिँदा अहिले ठाउँ ठाउँमा आन्दोलन भईरहेको बताउँदै उनले सरकारमा रहेका दलहरुकै जिल्ला नेतृत्वहरुले आन्दोलन गरिरहेकाले सरकारमा रहेका पार्टीहरुको द्वैद चरित्र प्रष्ट भएको आरोप पनि लगाए ।

अन्त्यमा… मुसु मुसु हाँस्दै सँगै निस्के प्रचण्ड र ओली

सरकारको नेतृत्व गरिरहेको माओवादी, काङग्रेशले समेत आन्दोलन गर्नुले संशोधन एक्लौटी ल्याएको हो की पार्टीगत सहमतिमा ल्याएको बुझन कठिन भएको उनको भनाइ छ ।