४ पुस, काठमाडौं ।

सरकारले संविधान संसोधन प्रस्ताव जवर्जस्ती संसदमा प्रवेश गराउन खोजेको भन्दै प्रमुख प्रतिपक्षी एमाले सहितको प्रतिपक्षी गठबन्धनले संसद र सडकमा आन्दोलन चर्काउने तथा संसदमा जवर्जस्ती गरिए कडा प्रतिकार गर्ने निर्णय गरेको छ ।

संसदमा आज के होला ? भिडन्त कि. . .

सोमबार विहान एमाले संसदीय दलको कार्यालय नयाँ बानेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकले संविधान संशोधन प्रस्तावविरुद्ध आन्दोलनलाई झनै चर्काउने र जवर्जस्ती गरे प्रतिकार गर्ने निर्णय गरेको हो ।

फाइल तस्बिर

फाइल तस्बिर

एमाले सहितका दलले आगामी पुस १७ गते काठमाडौंको खुल्ला मञ्चमा प्रदेश नम्बर ५ को सीमांकन हेरफेरविरुद्ध जारी आन्दोलनको समर्थनमा विरोध सभा गर्ने निर्णय पनि गरेको छ ।

संसदमा भिडन्त निश्चितः

संसद खोल्नका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्यतः चार शर्त राखेको छ । संसद खोल्नु अघिः संशोधन विधेयक फिर्ता गर्नु पर्ने, संशोधन विधेयक थाती राखेको घोषणा गर्नु पर्ने, संसद्को कार्यसूचीमा निर्वाचनसम्बन्धी विधेयक पेस गर्नु पर्ने र २०७४ माघ ७ भित्र चुनाव गर्ने विश्वासिलो मार्गचित्र प्रस्तुत गर्नु पर्ने एमालेको शर्त छ ।

भारतीय राजदुत रातिमा सुटुक्क बालुवाटार छिरेपछि. . .

उता प्रतिपक्षीले संसदमा जारी राखेको अवरोध हट्ने संकेत नदेखिएपछि सत्तारुढ दलहरु मधेशी दलहरुको साथ लिएर अघी बढ्ने मनस्थितिमा पुगेका छन् । गत शनिबार बालुवाटारमा बसेको सत्तारुढ प्रमुख २ दल तथा मधेशवादी दलहरुको बैठकबाट अव संसदमा दर्ता गरिएको संसोधन प्रस्ताव अघि बढाउने निर्णय गरेका थिए । बैठकले पुस ४ गते आर्थत आज संविधान संशोधन प्रस्ताव संसदमा छलफलको लागि पेश गर्ने निर्णय गरिसकेको छ ।

अमेरिकालाई चीनको चेतावनी- जासुसी गर्न बन्द गर !

दुवै पक्षको ढुंगे अडानका कारण अव संसदमा भिडन्तको अवस्था आउने संकेत देखिएको छ । संसद भित्र अप्रिय घटना हुन नदिन मर्यादा पालकको संख्या बढाउने तयारी भएको बुझिएको छ ।