२६ जेठ, पोखरा ।

नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले सरकार परिवर्तन हुने सम्भावना नभएको बताएका छन् ।

प्रेस चौतारी नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गरेर देशलाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन सरकार अगाडि बढेकाले अहिले नै सरकार नढल्ने दाबी गरे ।

अव सरकारको नेतृत्व गर्ने पालो माओवादीको – हरिबोल गजुरेल

पत्रकारको एक प्रश्नको जवाफमा एमाले उपाध्यक्ष गौतमले एमाले पनि राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयासमै रहेको र सकभर वर्तमान प्रधानमन्त्रीकै नेतृत्वमा त्यो नभए जो उपयुक्त हुन्छ त्यसैको नेतृत्वमा सहमति गर्न एमाले खुल्ला रहेको धारणा राखे ।

bamdev gautam speaking

फाइल तस्विर

उनले जसको नेतृत्वमा सहमतिको सरकार बने पनि यही सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट लागू हुनुपर्नेमा जोड दिए ।

महिला र पुरुषको शर्टमा बटन किन फरक साइडमा हुन्छ ? ४ कारण

उपाध्यक्ष गौतमले सरकारले ल्याएको बजेटले सबै क्षेत्रलाई छोएको दाबी गर्दै उनले अझ यसले तराईको बाटोघाटो, खानेपानी र पूर्वाधार विकासमा ठूलो बजेट विनियोजन भएकाले तराईका जनता यो बजेटबाट धेरै नै खुसी भएका र उनीहरुले न्याय पाएको बताए ।

भारत र अमेरिकाको सन्देश- चीनको दादागिरी चल्दैन

प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष रामजी लम्साल र सचिव अर्जुन गिरीले कार्यक्रमका बारेमा बोलेका थिए । रासस